६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

‘हाटबजारको पूर्वाधार विकासमा ध्यान देऊ’



बुटवल । हाटबजार व्यवसायी संघ, रुपन्देहीको १४ औं वार्षिकसाधारणसभा तथा ८ औं अधिवेशन मंगलबार बुटवलमा सम्पन्न भएको छ ।

साधारणसभामा बोल्दै प्रदेश नम्बर पाँचका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले राज्यले समय अनुसार ल्याउने करको दायरमा व्यवसायीहरूले पनि बदलिन जरुरी रहेको बताउनुभयो ।

व्यवसायीमा करको दायरा समय सुहाउँदो र तिर्न सक्ने गरी ल्याउने गरेको भन्दै त्यसको सही रुपमा व्यवसायीहरूले तिर्नुपर्ने बताउनुभयो । मन्त्री गिरीले साना व्यवसायीहरूलाई राज्यले धेरै करको भार नथोपर्ने स्पष्ट समेत पार्नुभयो । मन्त्री गिरीले भन्नुभयो, ‘उपभोक्ताले स्वस्थ र विषादी रहित खाद्य वस्तु उपलब्ध हुनुपर्छ । त्यसको लागि विभिन्न काम सरकारले गर्दैछ ।’ मन्त्री गिरीले प्रदेश सरकारले हाटबजारको विकासका लागि सहयोग/सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर चारका वडा अध्यक्ष टंक पराजुलीले हाटबजारको विकासका लागि स्थानीय सरकार सहकार्य गरेर अगाडि बढेको बताउनुभयो । त्यस्तै बुटवल वडा नम्बर ५ का वडा अध्यक्ष तेजप्रसाद सुनारले अर्थतन्त्रलाई चलायमान बनाउन हाटबजारले ठूलो योगदान पु¥याएको चर्चा गर्नुभयो ।

हाटबजार व्यवसायी संघका अध्यक्ष भीमलाल ज्ञवालीलेले स्थानीय तहमा जनजप्रतिनिधिहरु आए पनि हाटबजार क्षेत्रको पूर्वाधार विकासमा ध्यान दिन नसकेको गुनासो गर्नुभयो । ज्ञवालीले हचुवाको भरमा हाटबजारको व्यवस्थापनको लागि टेण्डर खुलाउँदा बजारमा व्यवस्थापनको साटो हजार बजार क्षेत्र भन्दा बाहिर गई ठेकेदारले बैठकी असुल गर्ने प्रवत्तिले बजार व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो । रुपन्देहीको १ सय २२ स्थानमा हाटबजार सञ्चालन हुँदै आएका छन ।

संघका पूर्व अध्यक्ष प्रकाश खनालले राज्यले हाटबजार व्यवसायीलाई भोट बैंकको रुपमा प्रयोग गरेको बताए । पूर्वाधार नहुँदा खुला आकाशमुनि व्यवसाय गर्न धेरै व्यवसायी बाध्य छन । संघका उपाध्यक्ष छविलाल चापागाईले हाट बजारमा पनि विषादी प्रयोगशाला राख्न आवश्यक रहेको बताउनुभयो । उहाले बजारमा आउने तरकारीको विषादी चेकजाँच भएको पाइँदैन । कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष यामलाल लोहनी, नेकपा नगर अध्यक्ष बाबुराम पन्थी, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि अर्याल, पत्रकार अस्मिना पाण्डे लगायतले बोल्नुभएको थियो ।

सोही अवसरमा हाटबजारको विकास र व्यवसायीको पक्षका कलम चलाएको भन्दै रेडियो मुक्तिका समाचार प्रमुख अस्मिना पाण्डेलाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो । रुपन्देहीको सेमराबाट २०२४ सालमा हाटबजारको सुरु भएको मानिन्छ ।

संघका अध्यक्ष भीमलाल ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष छविलाल चापागाईको स्वागत तथा महासचिव नेत्र पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ४ : १५ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की ।आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

भक्तपुर । भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन