२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

लिग फुटसल छनौट चरण रुपन्देहीमा



बुटवल । अखिल नेपाल फुटबल संघको आयोजनामा विहिबारदेखि ए डिभिजन राष्ट्रिय फुटसल लिग २०७८ लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश छनौट चरणको खेल शुरु हुने भएको छ ।

सनराईज स्पोर्टस फुटबल एरिना भलबारीमा हुने प्रतियोगितामा ३ प्रदेशका ८ टिम बिच छनौट खेल हुने बुधबार पत्रकार सम्मेलन गरि आयोजक एन्फा फुटबल प्रमुख बिनोद गुरुङले बताए ।

फाईनलमा बिजेता टिमले नगद १० लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनेछ । उपविजेता टिमले नगद ५ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुस्कृत हुने उनले बताए ।

प्रदेश छनौट प्रतियोगितामा झरना स्पोर्ट्स क्लब, राधाकृष्ण एफसी, बुद्ध भुमि, ईन्टर स्पोर्ट्स क्लब, युनिक फुटसल, लुम्बिनी फुटसल, कर्णाली फुटसल एण्ड स्पोर्ट्स हब जुम्ला र गोर्खा ब्यायज रुपन्देही बिच ३ दिनसम्म छनौट खेल हुनेछ । यसअघि नै प्रदेश १ मा भएको ८ टिम बिचको छनौट खेलबाट विजेता र उपविजेता दुई टिम छनौट भैसेका छन ।

यसैगरि प्रदेश ३ मा हुने छनौट खेलबाट ४ टिम र प्रदेश ४ बाट २ वटा गरि फाईनलमा १० टिम हुने उनले बताए । छनौट भएको १० टिमले जनही १ लाख रुपैयाका दरले क्लब ब्यवस्थापन र यातायात खर्च प्राप्त गर्नेछन । भने लिग अन्तरगत नेपालको राष्ट्रिय फुटबल टोलि चयन हुनेछ । यसैगरि पाच जना विधागत खेलाडी, प्रशिक्षकलाई नगद २५ हजार रुपैया, कप, मेडलबाट पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रममा एन्फाका केन्द्रिय सदस्य दिर्घ बहादुर केसी, एन्फा लिग कमिटि सदस्य दयाराम सापकोटाले फुटसल खेलको आकर्षणलाई मध्येनजर गरि कार्यक्रम गर्न लागेको बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ९ : ०७ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री