४ बैशाख २०८३, शुक्रबार | April 18, 2026

सातौ मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता : रोल्पा, बाके, नवलपुर र कास्की बाहिरियो



बुटवल । रुपन्देहीमा जारी सातौ मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगितामा ४ टिम प्रतियोगिताबाट बाहिरीएको छ । दोस्रो दिनमा भएको खेलमा जिल्ला भलिबल संघ रोल्पा, बाके, नवलपुर र कास्की आआफनो समुहमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएका हुन ।

मणिमुकुन्द भलिबल क्लबको आयोजनामा शंकरनगरस्थित मणिमुकुन्द भलिबल कोर्टमा भएको मंगलबारको खेलमा जिल्ला भलिबल संघ पाल्पाले जिल्ला भलिबल संघ कास्कीलाई २–१ को सेटमा पराजित गरेको छ । पहिलो सेट २५–२२ अंकले जित निकाल्दै कास्कीले खेलमा अग्रता लिएको थियो । तर दोस्रो सेटमा पाल्पाले नजिता उल्टाउदै खेलमा २५–१८ अंकले खेल बराबरीमा ल्यायो । अन्तिम तथा निर्णायक सेटमा पाल्पाले कास्कीलाई १७–१५ अंकको जित निकालेको हो । यसैगरि अर्को खेलमा जिल्ला भलिबल संघ बाग्लुङले तनहुमाथि २–१ को जित निकालेको छ भने जिल्ला भलिबल संघ रुपन्देहीले पर्वतमाथि २५–१८, २५–१२ को सोझो सेटमा जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । त्यसै गरि जिल्ला भलिबल सघ स्याङ्जाले जिल्ला भलिबल सघ कास्कीलाइ ३-१ को अंकले जित निकालेको छ ।

प्रतियोगितामा गण्डकी र ५ नम्बर प्रदेशका १२ जिल्लाका उत्कृष्ट टिमहरुले सहभागिता जनाउने संयोजक सुरेन्द्र गुरुङ बताउनुभयो । जसमा बाग्लुङ, बाके, तनहु, रुपन्देही, रोल्पा, पर्वत, स्याङजा, पाल्पा, कास्की, गुल्मी, नवलपरासी र नवलपुर रहेका छन । प्रतियोगिता आयोजना गर्न करीब १६ लाख खर्च हुने अनुमान आयोजकको छ । लिग कम नकआउट आधारमा आयोजना गरिने प्रतियोगितामा १२ टिमलाई चार समुहमा विभाजन गरिएको छ ।

खेलप्रेमी चित्र बहादुर गुरुङले प्रतियोगिता संचालन गर्न ३ लाख रुपैया सहयोग गरेका छन । यसैगरि प्रथम पुरस्कार राशी निर्मल शर्मा, कृष्णबाबु पोखरेल, शंकर सापकोटा, जितेन्द्र केसी, तारा शर्मा र पशुपति गिरी तथा द्धितिय पुरस्कार हिमाल थापा मगर र सचिन दलार्मीले तथा तृतिय पुरस्कार लुम्बिनी फर्निचरले सौजन्य गरेका छन ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १० : ३० बजे

प्रथम खजुरा गोल्डकप : जेविएम फुटबल एकेडेमी लखनउ फाइनलमा प्रवेश

नेपालगन्ज । बाँकेको खजुरामा जारी प्रथम खजुरा गोल्डकपको आजको खेलमा

बुटवलमा एकै दिन ४८ ई-रिक्सा चालक कारबाहीमा

बुटवल । बुटवलमा शुक्रबार एकै दिन ४८ जना ई-रिक्सा चालक

गगन थापा नेतृत्वको कांग्रेसलाई सर्वोच्चको आधिकारीकता

काठमाडौं । नेपाली कांग्रेसको आधिकारीकता सम्बन्धि मुद्दामा सर्वोच्च अदालतबाट गगन

आज पनि केही जिल्लामा वर्षा, अब तराई क्षेत्रमा तातो बढ्ने

काठमाडौँ । आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा

घोषित आन्दोलनका कार्यक्रबाट पछि हट्यो एमाले

काठमाडौँ । सरकारका विरुद्ध विविन्न आन्दोलनको कार्यक्रम घोषणा गरेको नेकपा