६ बैशाख २०८३, आइतबार | April 19, 2026

लिग फुटसल छनौट खेलमा झरनाको विजयी शुरुवात



बुटवल । अखिल नेपाल फुटबल संघको आयोजनामा ए डिभिजन राष्ट्रिय फुटसल लिग २०७८ लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश छनौट चरणको खेलमा झरना स्पोर्ट्स क्लबले विजयी शुरुवात गरेको छ ।

सनराईज स्पोर्ट्स भलबारीमा विहिबार भएको उद्घाटन खेलमा झरना स्पोर्ट्स क्लब रुपन्देही विजयी भएको छ । झरनाले आरके एफसीलाई ९–६ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

झरनाको जितमा जितेस गुरुङले ४, मोहन बहादुर थापामगरले ३, शंकर राना र सिजन थापाले १-१ गोल गरेका थिए । यसैगरि राधाकृष्ण एफसीका अनुप गुरुङले ३, अनिश शाक्यले २ र किशन गिरिले १ गोल गरेका थिए ।

खेलमा झरनाका जितेस गुरुङ म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम गरि ३ प्रदेशका ८ टिम बिच छनौट खेल हुने संयोजक बिनोद गुरुङले बताए ।

प्रतियोगिताको विजेता एक टिम उत्कृष्ट १० ए डिभिजनमा छनौट हुनेछ । रुपन्देहीमा झरना स्पोर्ट्स क्लब, राधाकृष्ण एफसी, बुद्ध भुमि, ईन्टर स्पोर्ट्स क्लब, युनिक फुटसल, लुम्बिनी फुटसल, कर्णाली फुटसल एण्ड स्पोर्ट्स हब जुम्ला र गोर्खा ब्यायज रुपन्देही बिच छनौट हुने उनले बताए ।

देशभरका सात प्रदेशबाट छनौट भएका अन्तिम १० टिमले जनही १ लाख क्लब ब्यवस्थापन र यातायात खर्च पाउने उनले बताए । लिग अन्तरगत नेपालको राष्ट्रिय फुटबल टोलि चयन हुनेछ। काठमाण्डौमा हुने प्रतियोगिताको बिजेता टिमले नगद १० लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनेछ । उपविजेता टिमले नगद ५ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

एक कार्यक्रमका बिच एन्फाका केन्द्रीय सदस्य दिर्घ बहादुर केसीले प्रतियोगिताको उद्घाटन गर्दै फुटसलको विकासमा एन्फा अघि बढेको बताए ।

कार्यक्रममा फुटसल संघका अध्यक्ष रत्न कुमार श्रेष्ठ, कोच संघका अध्यक्ष बिनोद लामा, लिग कमिटिका सदस्य दयाराम सापकोटा, लुम्बिनी प्रदेश फुटबल संघका महासचिव लोक पुन, नवलपुर जिल्ला फुटबल संघका अध्यक्ष सेतमान पुन, नवलपरासी फुटबल संघका अध्यक्ष धन प्रसाद गुरुङले खेल क्षेत्रको विकास गर्न खेल गतिविधिबाट सहयोग मिल्ने बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ५ : ३२ बजे

दोस्रो लखन कप फुटबलको तयारी पुरा

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम

वीरगञ्जमा मेनरोड विस्तार सुरु, बिहानैदेखि डोजर अभियान

वीरगञ्ज । वीरगञ्जमा त्रिभुवन राजपथ अन्तर्गतको मुख्य सडक (मेनरोड) विस्तार

रोशी खोलामा बाढीपछि बीपी राजमार्ग अवरुद्ध, यात्रा नगर्न आग्रह

काठमाडौं । बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

सिरहा । शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

बागमती । बागमती र लुम्बिनी प्रदेशसभाको बैठक आज अलग अलग