३ पुस २०८२, बिहिबार | December 18, 2025

दीपावली सहकारीद्वारा रक्तदान सम्पन्न



बुटवल । बुटवल-११ स्थित दीपावली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीले ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आफ्नै कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण प्रसाद नेपालले सहकारी संस्थाहरू शेयर सदस्यप्रति उत्तरदायी बन्नुपर्ने बताए ।

उनले रुपन्देहीका सहकारीहरु अब्बल बन्दै गएको जानकारी दिए । नेपालले अब सहकारीहरु बचत तथा ऋणको कारोवारमा मात्र केन्द्रित हुनुभन्दा उत्पादनमूलक क्षेत्र पनि खोज्नुपर्ने सुझाए ।

सोही अवसरमा सहकारीले प्रकाशन गरेको २०७८ सालको भित्रे पात्रो (क्यालेन्डर) पनि बिमोचन गरिएको थियो । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत समय-समय सामाजिक कार्य गर्दै आएको सहकारीका कोषाध्यक्ष लोकराज शर्माले जानकारी दिए ।

शर्माले सहकारीले छोटो समयमै फड्को मारेको बताए । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश भट्टराईले सहकारीबाटै सबै आर्थिक कारोवार गनुपर्ने बताए ।

सहकारीका अध्यक्ष चण्डीप्रसाद न्यौपानेको अध्यक्षता, सहकारीका सञ्चालक समिति सदस्य कल्पना पाण्डेको स्वागत तथा सञ्चालक समिति सदस्य एवं रक्तदान उपसमिति संयोजक माया बेल्वासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सहकारीमा १ हजार ९१ शेयर सदस्य रहेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ५ : ५३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका