२१ भदौ २०८३, आइतबार | September 7, 2026

प्रधानमन्‍त्री ओलीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । मिर्गौलादाता समीक्षा संग्रौलाको अपरेशनलगत्तै प्रधानमन्त्री ओलीमा मिर्गौला प्रत्यारोपण गरिएको शिक्षण अस्पताल स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली बुधबार बिहान १० बजे त्रिवि शिक्षण अस्पतालको शल्यक्रिया कक्षमा लगिएको थियो । चिकित्सकले दिउँसो पौने तीन बजे प्रधानमन्त्रीमा मिर्गौलाको सफल प्रत्यारोपण गरिएको जानकारी दिएका छन् ।

उपचारमा संलग्न चिकित्सकहरुले प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको बताएका छन् । पिसाब पनि पास भएको छ । अस्पतालले केहीबेरमा पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री ओलीको पहिलो पटकको प्रत्यारोपण भारतको अपोलो अस्पतालमा भएको थियो । दोस्रो प्रत्यारोपण भने त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ३ : ३१ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त