२६ बैशाख २०८१, बुधबार | May 8, 2024

निजी क्षेत्रसँगको सहकार्यले मात्र सरकार सफल हुन्छ : वरिष्ठ उपाध्यक्ष ढकाल



वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मुलुकमा छोटो समयमै समृद्धि हासिल हुने बताएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई कार्यभार हस्तान्तरण समारोहलाई शुक्रबार वीरगञ्जमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले तीनवटै तहका सरकारले निजी क्षेत्रसँग सघन रूपमा सहकार्य गर्नु आवश्यक रहेको धारणा राखेका हुन् ।

ढकालले प्रदेश २ मा लगानीको अवसर पनि भएको र वातावरण पनि बन्दै गएको उल्लेख गर्दै यसमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न प्रदेश२ सरकार र वीरगञ्ज उपमहानगरपालिकालाई आग्रह गरे ।

वीरगञ्जलगायत कतिपय स्थानीय तहका जनप्रतिनिधिको पृष्ठभूमि उद्योग व्यवसाय नै रहेको स्मरण गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रका समस्या बुझ्नसक्ने राजनीतिक नेतृत्व नै सफल हुने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघले भिजन पेपर २०३० ल्याउन लागेको र त्यसमा आउँदो १० वर्षभित्र २२ लाख नयाँ रोजगारी सिर्जना गर्दै अर्थतन्त्रको आकार १ सय खर्ब पुर्याउने लक्ष्य राखिएको जानकारी दिँदै यसको कार्यान्वयनका लागि वीरगञ्ज उद्योग वाणिज्य संघजस्ता संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।

व्यावसायिक मुद्दामा वीरगञ्ज उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ११ : २४ बजे

सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकका सम्बन्धमा सुझाव सङ्कलन गर्न उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सार्वजनिक

कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग

विराटनगर । कोशी प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र

दाँत परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज

वर्षापछि वायु प्रदूषण घट्दै

कामठाडौं । सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौं उपत्यकालगायत मुख्य सहरको

साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्ने : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्योगले देशको