३० भदौ २०८३, मंगलबार | September 15, 2026

नबिल बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसन्स् बीच कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता



काठमाडौं । नबिल बैंक र आर.एन्ड.डी. इनोभेटिभ सोलुसन्स् बीच कृषि प्राविधिकहरुलाई आवश्कता अनुसार बैंक​को कर्जानितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ ।

सम्झौतामा बैंकका एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल) र आरएन्डडी इनोभेटिभ सोलुसन्स्की अध्यक्ष सुनिता न्हेम्हाफुकी बीच हस्ताक्षर भएको छ ।

साझेदारीको बारेमा बोल्दै बैंकका एस.एम.ई. तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेतले नबिल बैंकले सदैब दिगो बैंकिङ्गलाई प्राथमिकता दिइरहेको बताए । उनले कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुग्ने विश्वास बैंकको रहेको बताए ।

उनले अगाडि भने, ‘हामी कृषि प्राविधिकहरुका आवश्कता अनुसार कृषि तथा पशुपालन कर्जा लगायत विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु प्रदान गरी कृषि प्राविधिकहरुलाई सफल कृषि उद्यमी बनाउन र देशको आर्थिक विकासमा योगदान पु¥याउन उत्साहित छौं । नबिल बैंकले कृषि क्षेत्रमा उद्यमशिलता विकासको साथ प्राविधिक ज्ञानको मिश्रण गरी परम्परागत वित्तीय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नविन सुरुवात गरेको छ ।’

आर.एन्ड. डी.का अध्यक्ष सुनिता न्हेम्हाफूकीले नेपालको कृषि क्षेत्रको मुख्य समस्या मध्ये कृषि विषय अध्ययन गरेकाले नै कृषि व्यवसाय वा उद्यम संचालन गर्न नसक्नु रहेको बताइन् ।

कृषि पढेकालाई सुलभ तरिकाले कर्जा उपलब्ध गराई उद्यमशिलता तर्फ लाग्ने वातावरण बनाउनका लागि नबिल बैंक र आर.एन्ड.डी. इनोभेटिभ सोलुसनले कृषि उद्यमशिलता विकासका लागि कृषि प्राविधिकहरु समक्ष वित्तीय पहुँच सहितको कृषि उद्यमशिलता विकास कार्यक्रम ल्याएको बताइन् ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ११ : ३४ बजे

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा

प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

म्याग्दी । म्याग्दीमा प्रदेश सरकारले सञ्चालन गरेका रणनीतिक महत्वका सडक

प्रतिनिधिसभाको बैठक आज बस्दै, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध