१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

चुरोटजत्तिकै हानिकारक हुन्छ चिनी



एजेन्सी । स्वास्थ्यसँग जोडिएका धेरै कुरा तपाई जान्नुहुन्छ, पढ्नुहुन्छ, महशुस गर्नुहुन्छ र केही तरिका तपाई प्रयोगमा पनि ल्याउनुहुन्छ ।

स्वास्थ्यसँग जोडिएका केही कुरा यस्ता पनि हुन्छन्, जसबारे तपाईलाई थाहा हुँदैन । तर थाहा हुनु जरुरी हुन्छ । किनकी यसले तपाईको स्वास्थ्यमा असर पारिरहेको हुन्छ । जस्तै चिनीको प्रयोग ।

धुम्रपान जत्तिकै हानिकारक चिनी

के तपाईलाई थाहा छ ? चिनी तपाईको स्वास्थ्यका लागि उत्तिकै हानिकारक छ, जति चुरोट र रक्सी हुन्छ । दैनिकजसो कुनै न कुनै रुपमा तपाई हामीले चिनी सेवन गरिरहेका हुन्छौं । क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अनुसन्धानबाट यो पत्ता लागेको छ कि अधिक चिनीको सेवन स्वास्थ्यका लागि रक्सी र चुरोट सेवन जत्तिकै हानिकारक हुन्छ ।

मुटु रोगको कारण

चिल्लो (फ्याट)ले भन्दा चिनीले मुटु र रक्तनलीलाई नराम्रो असर गर्छ । चिनीले मुटुसँग सम्बन्धित रोगहरु र हृदयघातको सम्भावना बढाउँछ । चिया, कफी र फलफूलको जुसमा हुने चिनीको मात्रा कटौती मात्र समस्याको समाधान होइन । गुलियोले खराब कोलेस्ट्रोल बढाउँछ, रक्त धमनीलाई साँघुरो बनाइदिन्छ, ब्लड ग्लुकोज र इन्सुलिनलाई बढाइदिन्छ र समग्रमा तपाईंमा अनावश्यक मोटोपन ल्याइदिन्छ । त्यसले मुटु रोग र मधुमेहको उच्च जोखिम निम्त्याउँछ ।

दिमागलाई कुलततर्फ धकेल्छ

तपाईं चुरोट, मदिरा पिउनुहुन्न र जीवनभर त्यस्तै भएर बाँच्न चाहनुहुन्छ भने अत्यधिक गुलिया चिजहरुबाट टाढै रहनुहोस् । लागूऔषध, मदिरा वा अन्य कुनै पनि प्रकारको कुलत भएका मानिसहरु चिनी वा गुलियो बढी भएका जंक फुड, प्यास्ट्रिज, मिठाई वा डेर्जटका पारखी हुन्छन् । उनीहरुमा चिनी मोह हुुनुमा एउटा कारण छ ।

चिनीले दिमागमा उत्पादन हुने डोपामाइन नामक न्युरोट्रान्समिटरलाई बाहिर निकालिदिन्छ, जसले गर्दा चिनीप्रति उनीहरुको मोह बढ्छ । लागूऔषध प्रयोगकर्ताले जति चिनी खान्छन्, त्यति नै उनीहरुको दिमागबाट डोपामाइन बाहिर निस्कासन भइरहेको हुन्छ र सदाबहार सन्की मुडमा रहन्छन् । स्मरण होस्, डापामाइनले मानिसलाई बढी खुसी बनाउँछ ।

अनावश्यक भोक बढाउँछ

बिहानको वा मध्य साँझको भोक मेट्न तपाईंले रसबरी, प्यास्ट्रिज वा अन्य गुलिया चिज खानुभएको छ भने जति ढिलो खाना खाने योजना बनाए पनि झन् छिटो भोक लाग्छ । यस्ता चिज खाएर १० मिनेट दौडेर क्यालोरी घटाउँछु भन्ने सोचमा हुनुहुन्छ भने तपाईंको गलत सोच हो ।

विभिन्न स्वरुपमा खाइने गुलियोले तपाईंको भोक मेट्दैन । मह र अन्य फलफूलम हुने उच्च तहको गुलियो (स्वाभाविक गुलियो)ले इन्सुलिनको मात्रा बढाइदिन्छ र भोक लाग्ने घ्रिलिन नामको हर्मोनलाई बढाइदिन्छ । जसका कारण तौल र मोटोपनमा वृद्धि हुन्छ ।

चिनीले कलेजोलाई बिगारिदिन्छ

खानेकुराबाट दुई प्रकारको सुगर प्राप्त हुन्छ-ग्लुकोज र फ्रुक्टोज । मह तथा पाकेका फलहरुबाट प्राप्त हुने गुलियोलाई फ्रुक्टोज भनिन्छ । शरीरको हरेक कोषलाई ग्लुकोजको आवश्यकता भए पनि फ्रुक्टोजको अधिक उपभोग शरीरकै लागि खतरा हुन्छ । तर फलफूल, मह, चकलेटमा प्रशस्त फ्रुक्टोज हुन्छ, जुन हाम्रो शरीरको रक्त नलीमा प्रवाहित हुन्छ ।

फ्रक्टोजलाई कलेजोले मात्र अर्गानिक परिवर्तन गरिदिन्छ र शरीरलाई भविष्यमा आवश्यक पर्ने ऊर्जाका लागि ग्लुकोजमा परिवर्तन गरी भण्डारण गर्छ । तर रगतमा बढी मात्रामा फ्रुक्टोज भण्डारण भएमा कलेजो मोटो हुदै जान्छ र बिस्तारै सामान्य रुपमा काम पनि गर्न छोड्छ र मुटुसँग सम्बन्धित विभिन्न रोग लाग्छ । तसर्थ मुटुसँग सम्बन्धित जुनसुकै रोगबाट बच्न धेरै गुलिया परिकार र फलफूल अत्यधिक सेवन नगर्नुहोस् ।

विभिन्न प्रकारका क्यान्सर

अधिक चिनीको मात्रा क्यान्सरको एउटा संकेत हो । स्मरण होस्, शरीरको कोषको वृद्धिलाई नियन्त्रण गर्न इन्सुलिनले महत्वपूर्ण भूमिका खेल्छ । उच्च गुलियो परिकारबाट उत्पन्न र संग्रहित इन्सुलिनले प्रोस्टेट, पेट र छातीको क्यान्सर हुने विभिन्न अध्ययनले देखाएका छन् ।

इन्सुलिनको मात्रा बढ्छ

एन्टी इन्सुलिन मेटाबोलिक सिन्ड्रोमको लक्षण र संकेत हो । मेटाबोलिक सिन्ड्रोम अन्र्तगत उच्च रक्तचाप, कोलस्ट्रोलको वृद्धिलगायत पर्छन् । तसर्थ बढी चिनी खानुको अर्थ रगतमा बढी ग्लुकोज उत्पादन हुनु हो । इन्सुलिनको मात्रा बढी भयो भने शरीरका कोषहरु जोखिममा पर्छन् ।

दाँतका लागि हानिकारक

चिनी तपाईंको दाँतका लागि हानिकारक हुनुको साथै दाँत तथा गिजामा हुने रोगको प्रमुख कारण हो । चिनी कसरी दाँतको शत्रु हो भन्ने विषयमा तपाईंलाई कौतूहल हुन सक्छ ।

हुन त चिनी क्यालोरीशून्य हुन्छ तर यसले खानेकुराबाट प्राप्त पोषणलाई सोसिदिन्छ । तसर्थ गुलियो चिज खाएपछि दाँत माँझ्नु भएन भने मुखमा भएको सुगरले मुखभित्र ब्याक्टेरिया उत्पन्न हुन र हुर्कन सहयोग पुर्याउँछ ।

मोटोपन बढाउँछ

चिनीमा ठूलो मात्रामा सोस्न सक्ने विशेषता भएकाले यस प्रक्रियाबाट भोक जगाउने हर्मोन घ्रिलिन बढाइदिन्छ र गुलियो खाने व्यक्तिलाई भोक लागिरहन्छ । धेरै भोक लाग्दा मानिसले कार्बोहाइड्रेडयुक्त खाना खान्छ अनि मोटोपनको सिकार हुन्छ ।

चिनीले तपाईंलाई बूढो देखाउँछ

तपाईंको खानामा धेरै चिनी भयो भने छालाको चमक हराउँछ र चाउरी पर्छ । त्यस्तै गुलियो मात्राले अनुहारमा दाग देखिनुका साथै तपाईंको वास्तविक उमेरभन्दा बढी देखाउँछ ।

मधुमेहको जोखिम

बढी गुलियो खानेकुराले रगतमा इन्सुलिनको मात्रा बढ्छ र डायबिटिजको जोखिम बढ्छ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ६ : ०४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम