१२ असार २०८३, शुक्रबार | June 26, 2026

भारतका चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना



नयाँ दिल्ली (एएनआई) । चर्चित भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन । कोरोना भाइरसबाट सङ्क्रमित भएको पाँच दिनपछि उनी अस्पताल भर्ना भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन ।

उनको स्वास्थ्य अवस्था झन झन बिग्रिदै गएपछि थप उपचारको आवश्यकता रहेको भन्दै चिकित्सकहरुले अस्पताल भर्ना हुन सुझाव दिएका थिए ।

खेलाडी तेन्दुलकर कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भए पनि उनका परिवारजनको परीक्षण गर्दा भने सङ्क्रमण नभएको देखिएको छ ।

शुक्रबार उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “मेरो स्वास्थ्यप्रति चिन्ता र चासो जनाउँदै स्वास्थ्य लाभको कामना गर्नुभएका सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।”

उनले चिकित्सकहरुको सुझावका आधारमा आफू अस्पताल भर्ना भएको र आफु चाँडै नै निको भएर घर फर्किने विश्वास समेत व्यक्त गरेका छन ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ६ : १३ बजे

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको

सीमाविद् श्रेष्ठलाई भीमसेन थापा पुरस्कार

काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद्

रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका