१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

लिग फुटसल छनौट चरणको फाईनलमा झरना र लुम्बिनी भिडदैं



बुटवल । रुपन्देहीमा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिग २०७८ लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश छनौट चरणको खेलमा रुपन्देहीका झरना स्पोर्ट्स क्लब र लुम्बिनी फुटसल फाईनलमा प्रवेश गरेका छन ।

अखिल नेपाल फुटबल संघको आयोजनामा सनराईज स्पोर्ट्स भलबारीमा शुक्रबार भएको पहिलो सेमीफाईनल खेलमा झरनाले ईन्टर स्र्पोट्स क्लबलाई ६-३ गोल तथा लुम्बिनीले कर्णाली फुटसल एण्ड स्पोर्ट्स हब जुम्लालाई ७-१ गोल अन्तरले पराजित गर्दै छनौट चरणको फाइनलमा प्रवेश गरेको हुन ।

पहिलो खेलमा झरनाका दिपेश गुरुङ म्यान अफ दी म्याच तथा दोस्रो खेलमा लुम्बिनीका रोजन दाहाल म्यान अफ दी म्याच घोषित भएका थिए । तिन वटा प्रदेशका ८ टिम बिच भएको छनौट खेलबाट हुने संयोजक बिनोद गुरुङले बताए ।

प्रतियोगिताको विजेता एक टिम उत्कृष्ट १० ए डिभिजनमा छनौट हुनेछ । रुपन्देहीमा झरना स्पोर्ट्स क्लब, राधाकृष्ण एफसी, बुद्ध भुमि, ईन्टर स्पोर्ट्स क्लब, युनिक फुटसल, लुम्बिनी फुटसल, कर्णाली फुटसल एण्ड स्पोर्ट्स हब जुम्ला र गोर्खा ब्यायज रुपन्देही बिच छनौट हुने उनले बताए ।

देशभरका सात प्रदेशबाट छनौट भएका अन्तिम १० टिमले जनही १ लाख क्लब ब्यवस्थापन र यातायात खर्च पाउने उनले बताए । लिग अन्तरगत नेपालको राष्ट्रिय फुटबल टोलि चयन हुनेछ ।

काठमाडौंमा हुने प्रतियोगिताको बिजेता टिमले नगद १० लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनेछ । उपविजेता टिमले नगद ५ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

 

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ६ : ४३ बजे

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक