६ बैशाख २०८३, आइतबार | April 19, 2026

प्रदेशस्तरीय यु-१६ क्रिकेट प्रतियोगिता भैरहवामा आजदेखि हुँदै



भैरहवा । रुपन्देहीको भैरहवामा प्रदेशस्तरीय यु-१६ क्रिकेट प्रतियोगिता हुने भएको छ । बलियो नेपालको आयोजनामा सिद्धार्थ रंगशालामा आजबाट प्रतियोगिता हुने हुने भएको हो ।

पोषण र खेलकुदलाई सँगसँगै लैजाने उद्देश्यले पहिलोपल्ट लुम्बिनी प्रदेशस्तरीय यु-१६ टी-२० क्रिकेट प्रतियोगिता आयोजना गरिएको बलियो नेपालका कार्यकारी प्रमुख अतुल उपाध्यायले जानकारी दिए । ‘हामीले क्रिकेटलाई बलियो बनाउन चाहन्छौं, यसैको सिलसिलामा तल्लो तहबाटै राम्रा खेलाडीहरु उत्पादन होउन भनेर प्रतियोगिता आयोजना गरेका हौं’, उनले भने ।

प्रतियोगिताका लागि लुम्बिनी प्रदेशका विभिन्न विद्यालयबाट खेलाडीहरु छनौट गरिएको थियो । छनौट गरिएका खेलाडीहरुबाट प्रत्येक जिल्लाका १/१ टीम गरी १२ टीमले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताले सन् २०३९ मा हुने अन्डर-१६ विश्वकपका लागि राम्रा खेलाडी उत्पादनमा सहयोग पुग्ने नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्काले बताए । ‘तल्लो तहबाटै खेलाडी छनौट गरी राम्रो राष्ट्रिय टीम बनाउन यस किसिमका प्रतियोगिताले सहयोग पुग्ने हाम्रो विश्वास छ’, उनले भने ।

रुपन्देही र समग्र लुम्बिनी प्रदेशले राष्ट्रिय क्रिकेटको विकासमा ठूलो योगदान गरेको भन्दै खड्काले आगामी दिनमा पनि यसलाई निरन्तरता दिन यहाँ हुने प्रतियोगिताले भूमिका खेल्ने बताए । रुपन्देहीबाट मात्रै राष्ट्रिय क्रिकेट टिममा रहेर ९० बढी खेलाडीले योगदान गरेका छन् ।

राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले जिल्ला-जिल्लामा लुकेका खेलाडीहरुको प्रतिभा बाहिर ल्याउन यस किसिमका प्रतियोगिताले थप सहयोग गर्ने बताए । ‘रुपन्देही राम्रा खेलाडी उत्पादन गर्ने जिल्ला हो, यस क्षेत्रमा हुने तल्लो तहका खेलले राष्ट्रि टीमलाई भविष्यमा थप मजबुत र बलियो बनाउँछ’, उनले भने । सन् २०३९ मा हुने यु-१६ विश्वकप खेल्नका लागि अहिले भइरहेका प्रतियोगिताले टिम तयार गर्न र विश्वकटमा छनोट हुने उनले विश्वास व्यक्त गरे ।

पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनले खेलसँगै खेलाडीलाई पोषणको आवश्यक पर्ने भएकाले बलियो नेपालले पोषण र खेलकुदलाई सँगै बढाउने उद्देश्यले क्रिकेट आयोजना गर्नु राम्रो सन्देश भएको बताए । उनले भैरहवामा हुने प्रतियोगिताले राष्ट्रिय क्रिकेटमा टेवा पुग्ने जनाए । चैत्त २१ देखि २८ गतेसम्म चल्ने प्रतियोगिताले आगामी दिनमा खेलाडीहरु उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

पहिलोपल्ट लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय क्रिकेट आयोजना गरिए पनि आगामी दिनमा सबै प्रदेशमा आयोजना गरिने बलियो नेपालले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ६ : ५४ बजे

दोस्रो लखन कप फुटबलको तयारी पुरा

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम

वीरगञ्जमा मेनरोड विस्तार सुरु, बिहानैदेखि डोजर अभियान

वीरगञ्ज । वीरगञ्जमा त्रिभुवन राजपथ अन्तर्गतको मुख्य सडक (मेनरोड) विस्तार

रोशी खोलामा बाढीपछि बीपी राजमार्ग अवरुद्ध, यात्रा नगर्न आग्रह

काठमाडौं । बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

सिरहा । शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

बागमती । बागमती र लुम्बिनी प्रदेशसभाको बैठक आज अलग अलग