२० मंसिर २०८२, शनिबार | December 6, 2025

दक्षिण अफ्रिकाविरूद्धको क्रिकेट सिरिजमा पाकिस्तानलाई एक शुन्यको अग्रता



एजेन्सी । पाहुना टोली पाकिस्तानले घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एक दिवसीय सिरिजमा एक शुन्यको अग्रता लिएको छ ।

सेन्चुरीयनमा शुक्रबार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै सिरिजमा एक शुन्यको अग्रता लिएको हो ।

दक्षिण अफ्रिकाले दिएको २ सय ७४ रनको लक्ष्य पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्तानको जितमा कप्तान बाबर आजमले १ सय ३ रनको शतकीय इनिङ्स खेले । उनको यो १३औँ एकदिवसीय शतक हो ।

इमाम उल हकले ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा मोहमद रिजवानले ४० रन बनाए । शादब खान ३३ रनमा आउट भए । दक्षिण अफ्रिकाका एन्रीच नोर्कियाले ४ विकेट लिए । एडिलेको नाममा २ विकेट रह्यो ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले अविजित रहदै १ सय २३ रनको शतकीय इनिङ्स खेले ।

डेभिड मिल्लरले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा एडिलेले २९ रन बनाए । क्विन्टन डी कक २० रनमा आउट हुँदा एडिन मार्क्रम १९ रनमा आउट भए । कागिसो राबडा १३ रनमा अविजित रहे ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ७ : १४ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल