१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आहा रारा गोल्डकप आजबाट सुरु, उद्घाटन खेलमा आयोजक र एपिएफ भिड्दै



पोखरा । आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको १९औं संस्करण आजदेखि सुरु हुँदैछ ।

पोखरा रंगशालामा हुने उद्घाटन खेलमा आज आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्दैछन् । खेल आज दिउँसो २ः३० बजे शुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छन । त्यसैले खेल रोमान्चक हुने अनुमान गरिएको छ । आयोजकले हालसम्म प्रतियोगितामा ३५ खेल खेलेको छ । जसमा २२ खेलमा जित निकाल्दा १३ खेलमा पराजित भएको छ ।

सहाराले बिस २०७० मा उपाधि जितेको थियो । त्यस्तै २०६९ र २०७३ मा उपविजेता बनेको थियो । एपीएफले आहा रारामा २२ खेल खेलेको छ । जसमा ८ खेल जित्दा १४ खेल गुमाएको छ ।

एपीएफ बिस २०६४ सालको उपविजेता टिम हो । प्रतियोगितामा एक विदेशीसहित आठ टिम सहभागी भएका छन ।

प्रतियोगितामा सहारा र एपीएफसहित नेपालका ए डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब, थ्रीस्टार, सङ्कटा क्लब, मच्छिन्द्र क्लब र विदेशी टिम अफ्रिकन रुट एशोसिएशन, डउला क्यामरुन सहभागी हुने आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिएका छन ।

प्रतियोगिताको विजेता टिमले १० लाख एक हजार तथा उप-विजेताले पाँच लाख एक हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ८ : १० बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर