२३ बैशाख २०८३, बुधबार | May 6, 2026

आहा रारा गोल्डकप आजबाट सुरु, उद्घाटन खेलमा आयोजक र एपिएफ भिड्दै



पोखरा । आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको १९औं संस्करण आजदेखि सुरु हुँदैछ ।

पोखरा रंगशालामा हुने उद्घाटन खेलमा आज आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्दैछन् । खेल आज दिउँसो २ः३० बजे शुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छन । त्यसैले खेल रोमान्चक हुने अनुमान गरिएको छ । आयोजकले हालसम्म प्रतियोगितामा ३५ खेल खेलेको छ । जसमा २२ खेलमा जित निकाल्दा १३ खेलमा पराजित भएको छ ।

सहाराले बिस २०७० मा उपाधि जितेको थियो । त्यस्तै २०६९ र २०७३ मा उपविजेता बनेको थियो । एपीएफले आहा रारामा २२ खेल खेलेको छ । जसमा ८ खेल जित्दा १४ खेल गुमाएको छ ।

एपीएफ बिस २०६४ सालको उपविजेता टिम हो । प्रतियोगितामा एक विदेशीसहित आठ टिम सहभागी भएका छन ।

प्रतियोगितामा सहारा र एपीएफसहित नेपालका ए डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब, थ्रीस्टार, सङ्कटा क्लब, मच्छिन्द्र क्लब र विदेशी टिम अफ्रिकन रुट एशोसिएशन, डउला क्यामरुन सहभागी हुने आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिएका छन ।

प्रतियोगिताको विजेता टिमले १० लाख एक हजार तथा उप-विजेताले पाँच लाख एक हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ८ : १० बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा