४ बैशाख २०८३, शुक्रबार | April 18, 2026

शहिद यादवनाथ आलोकको स्मृतिमा तरुण फुटसल



बुटवल । नेपाल तरुण दल, तिलोत्तमा नगर समितिको आयोजनामा रुपन्देहीमा शहिद यादवनाथ आलोक स्मृति फुटसल प्रतियोगिता हुने भएको छ ।

नेपाली काग्रेसका युवा जुझारु युवा नेता यादवनाथको स्मृतिमा पहिलोपटक फुटसल प्रतियोगिता गर्ने भएको हो । मंगलबार पत्रकार सम्मेलन गरि आयोजक तरुण दलका नगर अध्यक्ष खिम क्षेत्रीले तयारी पुरा भएको बताउनुभयो । खेलमार्फत शहिदको स्मरण र युवारुमा भातृत्व विकास गर्न प्रतियोगिता आयोजना गरिएको उहाले बताउनुभयो । विस २०४० सालमा सुर्यसुरा स्थित पुष्पानन्द गिरिको घरमा नेपाली काग्रेसको केन्द्रीय नेताहरुसहित आयोजना गरिएको कार्यक्रममा भएको आकमणमा उहाको मृत्यु भएको थियो ।

फागुन २२ गतेदेखि ३ दिनसम्म मंगलापुरस्थित फ्रेन्डस बिष्ट्रो स्पोर्ट्स खेलमैदानमा हुने प्रतियोगितामा उपाधिका लागि २१ टिमले प्रतिस्पर्धा गर्ने उहाले बताउनुभयो ।
प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार रुपैया तथा उपविजेता टिमले नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक अर्जुन क्षेत्रीले बताउनुभयो । यसैगरि विद्यागत रुपमा उत्कृष्ट गोलकिपर, हाईस्कोरर, सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद २–२ हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उहाले बताउनुुभयो ।

प्रतियोगितामा तिलोत्तमा नगरका १७ वटा वडाका टिम र तरुण दलको क्षेत्रिय, बुटवल उपमहानगर र जिल्लाको समेत टिम गरि २१ टिमले भाग लिएका छन ।
कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य अवधविहारी दुबे, केन्द्रिय सदस्य व्रिजेश न्यौपाने, नेपाल तरुण दल जिल्ला कोषाध्यक्ष बासु बश्याल, जिल्ला अध्यक्ष नबिनराज आचार्यले प्रतियोगिताको सफलताको शुभकामना दिनुुुभएको थियो ।

प्रतियोगिताको प्रथम पुरस्कार युवा ब्यवसायी अवध विहारी दुबेले सौजन्य गरेको नगर सचिव होम पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : २१ बजे

प्रथम खजुरा गोल्डकप : जेविएम फुटबल एकेडेमी लखनउ फाइनलमा प्रवेश

नेपालगन्ज । बाँकेको खजुरामा जारी प्रथम खजुरा गोल्डकपको आजको खेलमा

बुटवलमा एकै दिन ४८ ई-रिक्सा चालक कारबाहीमा

बुटवल । बुटवलमा शुक्रबार एकै दिन ४८ जना ई-रिक्सा चालक

गगन थापा नेतृत्वको कांग्रेसलाई सर्वोच्चको आधिकारीकता

काठमाडौं । नेपाली कांग्रेसको आधिकारीकता सम्बन्धि मुद्दामा सर्वोच्च अदालतबाट गगन

आज पनि केही जिल्लामा वर्षा, अब तराई क्षेत्रमा तातो बढ्ने

काठमाडौँ । आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा

घोषित आन्दोलनका कार्यक्रबाट पछि हट्यो एमाले

काठमाडौँ । सरकारका विरुद्ध विविन्न आन्दोलनको कार्यक्रम घोषणा गरेको नेकपा