२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

फिलिपिन्समा फेरि लकडाउनको म्याद थपियो



एजेन्सी । फिलिपिन्समा लकडाउनको अवधि फेरि थप गरिएको घोषणा गरिएको छ ।

राष्ट्रपति रोड्रिगो डुटेर्टेले अझ कडा लकडाउन लागु गर्ने निर्णय गरेका हुन । राजधानी मनिला महानगरपालिका र छिमेकी क्षेत्रमा लकडाउन थप गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कोरोनभाइरसको महामारी थप फैलिदै गएकाले त्यसलाई न्युनिकरण गर्ने उद्धेश्यले लकडाउनको अवधि फेरि थप्नु परेको सरकारी अधिकारीहरुको भनाइ छ ।

राष्ट्रपतिका प्रवक्ता ह्यारी रोक्युले शनिबार टेलिभिजन मार्फत दिएको जानकारी अनुसार सरोकारवाला र विज्ञहरुले लकडाउन फेरि थप्न आवश्यक भएको निश्कर्ष निकाल्दै लकडाउनको अवधि थप्न सुझाव दिदै सिफारिस गरेकोले थप गरिएको हो ।

देशको लागुना, बुलाकान, काभित र रिजाल क्षेत्रमा लकडाउनको अवधि लम्बिएको पनि उनले जानकारी दिए । एक हप्ते लकडाउन आइतबार सकिने छ ।

दक्षिण एसियाली मुलुक फिलिपिन्समा शनिबार मात्रै १२ हजार ५७६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । यसअघि गत शुक्रबार एकैदिनमा १५ हजार ३१० जना सङ्क्रमित भएका छन् ।

यो सङ्ख्या दैनिक सङ्क्रमितहरुको संख्यामा दोस्रो धेरै भएको जनाइएको छ । फिलिपिन्समा अहिलेसम्म कोरोनाभाइरसबाट सात लाख ८४ हजार ४३ जना सङ्क्रमित भएका छन् भने १३ हजार ४२३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ६ : ०८ बजे

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,

सरकारले अब कालो चश्मा हटाउनुपर्छ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारको