११ बैशाख २०८१, मंगलबार | April 23, 2024

ललितपुर मेयर्सकप ट्वान्टी-२० प्रतियोगिता : सुदुरपश्चिम प्रदेश फाइनलमा प्रवेश



काठमाडौं । लुम्बिनी प्रदेशमाथि ८ विकेटको शानदार जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा जारी ललितपुर मेयर्सकप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा सुदूर पश्चिमले लुम्बिनीलाई हराउँदै विभागीय टोली एपिएफसँगको भेट पक्का गरेको हो । यस सँगै फाइनल पुगेका टोलीद्वय एपिएफ र सुदूरपश्चिमले एक खेल अगावै अन्तिम दुईमा स्थान बनाउन सफल भएका हुन् ।

सुदूरपश्चिमले फाइनलमा स्थान बनाउनका लागि बुधबार लुम्बिनीले दिएको ७३ रनको लक्ष्य सुदूरपश्चिमले १२ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गरेको हो । सुदूरपश्चिमको जितमा मन्जु बोकटीले सर्वाधिक २६ रन जोडिन । बिन्दु रावल १७ रनमा अविजित रहिन । रेवती धामीले १७ रन जोड्दा कविता जोशीले अविजित ४ रन बनाईन । लुम्बिनीका कृतिका मरासिनीले २ विकेट लिईन् ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर ७२ रन बनाएको थियो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २६ रन बनाईन । यस्तै कप्तान नेरी थापाले ११ रन जोडिन । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन ।

लुम्बिनीलाई सस्तैमा समेट्न लक्ष्मी साउदले ४ विकेट लिईन । ऋतु कनौजियाले ३ तथा सुनिता लुहर र कविता जोशीले १÷१ विकेट आफ्नो नाममा लेखाए । लुम्बिनीलाई हराएसँगै सुदूरपश्चिमले ४ खेलमा ६ अंक जोड्यो ।

प्रतियोगितामा बिहीबार दुई खेल हुनेछन् । पहिलो खेल ललितपुर मेयर्स–११ र प्रदेश १ तथा दोस्रो खेल लुम्बिनी प्रदेश र एपिएएफबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ३ : ३६ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको