१२ असार २०८३, शुक्रबार | June 26, 2026

ललितपुर मेयर्सकप ट्वान्टी-२० प्रतियोगिता : सुदुरपश्चिम प्रदेश फाइनलमा प्रवेश



काठमाडौं । लुम्बिनी प्रदेशमाथि ८ विकेटको शानदार जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा जारी ललितपुर मेयर्सकप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा सुदूर पश्चिमले लुम्बिनीलाई हराउँदै विभागीय टोली एपिएफसँगको भेट पक्का गरेको हो । यस सँगै फाइनल पुगेका टोलीद्वय एपिएफ र सुदूरपश्चिमले एक खेल अगावै अन्तिम दुईमा स्थान बनाउन सफल भएका हुन् ।

सुदूरपश्चिमले फाइनलमा स्थान बनाउनका लागि बुधबार लुम्बिनीले दिएको ७३ रनको लक्ष्य सुदूरपश्चिमले १२ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गरेको हो । सुदूरपश्चिमको जितमा मन्जु बोकटीले सर्वाधिक २६ रन जोडिन । बिन्दु रावल १७ रनमा अविजित रहिन । रेवती धामीले १७ रन जोड्दा कविता जोशीले अविजित ४ रन बनाईन । लुम्बिनीका कृतिका मरासिनीले २ विकेट लिईन् ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर ७२ रन बनाएको थियो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २६ रन बनाईन । यस्तै कप्तान नेरी थापाले ११ रन जोडिन । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन ।

लुम्बिनीलाई सस्तैमा समेट्न लक्ष्मी साउदले ४ विकेट लिईन । ऋतु कनौजियाले ३ तथा सुनिता लुहर र कविता जोशीले १÷१ विकेट आफ्नो नाममा लेखाए । लुम्बिनीलाई हराएसँगै सुदूरपश्चिमले ४ खेलमा ६ अंक जोड्यो ।

प्रतियोगितामा बिहीबार दुई खेल हुनेछन् । पहिलो खेल ललितपुर मेयर्स–११ र प्रदेश १ तथा दोस्रो खेल लुम्बिनी प्रदेश र एपिएएफबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ३ : ३६ बजे

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको