१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

ललितपुर मेयर्स कप क्रिकेटको उपाधी एपीएफलाई



काठमाडौं । विभागीय टोली एपीएफले ललितपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा विभागीय टोली एपिएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । विजयी एपीएफले सम्पन्न प्रतियोगिता अपराजित यात्रालाई अन्तिम खेलमा पनि निरन्तरता दिँदै पाधि उचाल्न सफल भएको हो ।

सुदूरपश्चिम प्रदेशले पस््रतुत गरेको १ सय ७ रनको लक्ष्य एपिएफले २२ बल बाँकी छँदै भेटाउन सफल भएको थियो । खेलमा ओपनर ज्योति पाण्डेले ३६ रनको योगदान गर्दा कप्तान सीता राना मगरले २७ रनको पारी खेलिन । इन्जु बर्मा र ममता चौधरीले क्रमश अविजित १९ र १५ रन जोड्दै टोलीलाई जित तर्फ डो¥याएका थिए । ओपनरद्वय ज्योति र सीताराना मगर दुबै रन आउट भएका थिए ।

यस अघि पुरै २० ओभर खेल्दै सुदूर पश्चिमले ७ विकेट गुमाएर १ सय ६ रन जोेडेको थियो । सर्वाधिक ४४ रन जोडेकी विन्दु रावल अविजित रहँदा डोली भट्टले १४ तथा रेवती धामीले १० र कविता कुँवरले १३ रन जोडेका थिए । यस्तै अन्य खेलाडीले भने एपिएफको कसिलो बलिङ सामु राम्रो स्कोर सकेनन् । एपिएफका लागि विनु बुढा, सीता राना मगर, सुष्मा श्रेष्ठ, करुणा भण्डारी र रेखा रावलले समान एक÷एक विकेट आफ्नो लेखाए ।

सहज जित निकालेको विजेता एपीएफले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त ग¥यो । यस्तै उपविजेता बनेको सुदूपश्चिमले १ लाख ५० हजार रुपैयाँ प्राप्त ग¥यो । पाँच टोलीले सहभागिता जानाएको प्रतियोगितामा उत्कृष्ट ब्याट्स वुमन प्रदेश १ की रुविना क्षेत्री चुनिँदा उत्कृष्ट बलर विनु बुढामगर घोषित भइन । यस्तै विजयी टोलीकी कप्तान सीता राना मगर प्रतियोगिताको उत्कृष्ट खेलाडी बनिन् । उत्कृष्ट ब्याट्स वुमन र बलरले जनही १५ हजार रुपैयाँ पाउँदा सर्वोत्कृष्ट सीताले नगद २५ हजार रुपैयाँ पारिन् ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ६ : २८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम