१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

अन्तर्राष्ट्रिय नारी दिवस : अधिकार कार्यान्वयनमा जोड



बुटवल । पछिल्लो समय नारीका अधिकारहरु स्थापित हुँदै गएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । कुनै समय महिलाका अधिकारका निम्ती आन्दोलन गर्नुपर्ने भएपनि विस्तारै नारीहरुका अधिकारहरु स्थापित हुँदै गएको उनीहरुको जोड थियो ।

११० औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिमा ज्योति मण्डली बुटवल ११ देविनगरको आयोजनामा भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले अधिकार स्थापित भइसकेको र त्यसको कार्यान्वयन अहिलेको आवश्यकता रहेको बताए ।

कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी सावित्रा अर्यालले नारीका अधिकारहरु प्राप्त भइसकेको र प्राप्त अधिकारको कार्यान्वयनका लागि सवैले आवाज उठाउनुपर्ने बताउनुभयो । नारीले केही पनि गर्न सक्दैनन भन्ने पुरुषत्व विचार धेरै कम भइसकेपनि अधिकारलाई संस्थागत गर्न नसक्दा अझै पनि नारीहरु हेलाको सिकार बन्नुपरेको उहाँको भनाई छ ।

देश संघिय संरचनामा गएसंगै राज्यका धेरै अंगहरुमा महिला सहभागिता अनिवार्य भइसकेको भन्दै अब अधिकारको संस्थागत विकास संगै कार्यान्वयनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले समाज रुपान्तरणमा नारीको भुमिका उल्लेख्य रहेको भन्दै अब नारीहरु ने समृद्धिका सम्बाहक भएको बताउनुभयो । कुनै समय नारी र पुरुष बीच भएको विभेदको खाडल अहिले पुरिसकिएको भन्दै नारीको अधिकार स्थापित गर्न पुरुषको अझ बढि भुमिका आवशयक रहेको बताउनुभयो ।

कार्यक्रममा जीवनका लागि हातेमालो संस्थाकी संयोजक मनु पाण्डे, रोटरी डिष्टिकका एजी राजेन्द्र ढकाल, बुटवल उपमहानगरपालिका नगरकार्यपालिका सदस्य शुष्मा अर्याल, समाजसेवी लोकराज पोखरेल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा महिलाले महिलालाई सम्मान गर्दै उनीहरुको अधिकारको रक्षा गरौ भन्ने विषयमा कविता बाचन समेत भएको महिमा ज्योति मण्डलीका अध्यक्ष मनोहर पाठकले बताउनुभयो ।

कार्यक्रम महिमा ज्योति चर्चकी दिदि बहिनी समितिकी अध्यक्ष राधिका रानाको अध्यक्षता, मनु थापाको स्वागत तथा सन्तु थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  २ : ४२ बजे

पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

काठमाडौं । मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक

शुक्रबार अपरान्ह ४ बजे बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकियो : कृषिमन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौं । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै