१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

अर्थ र राजनीतिमा लैंगिकता खोजौं



बुटवल । सामाजिक विकास मन्त्री सुदर्शन बरालले नागरिक र जवाफदेयी पत्रकारिताले मात्रै समाज बदल्न सक्ने बताउनुभएको छ । त्यसकालागि पत्रकारितामा सबै वर्गको सहभागीता एवं सीप र दक्षता बढाउनुपर्ने उहाले बताउनुभयो ।

युएनडिपी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा पत्रकार महिलाका लागि आयोजित दिगो विकाशको लक्ष्य प्राप्तिका लागि लैंगिक तथा सामाजिक समावेशीकरण खोजमूलक समाचार लेखन कार्यशालामा समापनमा बोल्दै उहाले यस्तो बताउनुभएको हो । लैंगिकता र समावेशीकरणका विषय पत्रकार महिलाहरुले उठाउदा थप प्रभावकारी हुने भन्दै मन्त्री बरालले यसलाई निरन्तर उठाउने र खबरदारी गर्नुपर्ने बताउनुभयो । प्रदेश सरकारले बनाएका नीति, कार्यक्रम, बजेट लगायतमा समेत लैंगिकता र सामाजिक समावेशीकरणका सवाललाई उठाउन उहाले आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै आन्तरीक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर खरेलले पत्रकार महिलाहरुको संख्या र क्षमता दुवै बढेमात्र लैंगिकमैत्री संचारमाध्यममा बन्ने बताउनुभयो । त्यसकालागि पत्रकार महिलाहरुको व्यवसायीक सीप र क्षमता बढाउन लगानी गर्ने उहाले बताउनुभयो ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. राधा वाग्लेले दिगो विकासका लागि लैंगिक तथा सामाजिक समावेशीकरणमा आधारित विकास र पत्रकारिता आवश्यक रहेको बताउनुभयो । विकास र संचार दुवैमा लैंगिकता र सामाजिक समावेशीकरणका मुद्धालाई अर्थ, राजनीति, कृषि र सहकारीसंग जोड्न उहाले आग्रह गर्नुभयो ।

युएनडिपीका प्रदेश संयोजक सुदीप अर्यालले लैंगिकता तथा सामाजिक समावेशीकरणका विषय उठानले पनि दिगो विकासका धेरै उद्धेश्य छुने बताउनुभयो । दिगो विकासका लक्ष्यलाई स्थानीकीकरण र नागरिकका आवश्यकतासंग जोडेर संचार वकालत गर्न उहाले सुझाब दिनुभयो ।

संचारिका समूहका प्रदेश महासचिव अमृता अनमोलले ओझेलमा परेका विषयलाई मूलधारमा ल्याउन र नीतिनिर्माणकर्तालाई झकझकाउन पत्रकार महिलाका लागि छुट्टै तालिम संचालन गरेको बताउनुभयो । यसले दीगो र भरपर्दो माध्ययमबाट आर्थिक र सामाजिक विकास गर्ने प्रदेश ५ सरकारको मुख्य लक्ष्यमा पुग्न सघाउन सकिने पनि बताउनुभयो ।

कार्यक्रममासंचारिका समूह प्रदेश सल्लाहकार नारायणी रजौरे, दुर्गा पौडेल, रेडियो मुक्तिकी स्टेशन म्यानेजर कल्पना तिवारी लगायतले तालिमले दिएको दिशानिर्देशबारे

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  १० : ४४ बजे

पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

काठमाडौं । मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक

शुक्रबार अपरान्ह ४ बजे बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकियो : कृषिमन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौं । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै