३२ असार २०८३, बिहिबार | July 17, 2026

प्रदेश २ प्रदेशसभाका ४ माओवादी सांसद पदमुक्त, अव प्रदेशसभामा माओवादीका ७ सांसदमात्र



जनकपुर । नेकपा माओवादी केन्द्रले सर्वोच्चको आदेश पछि माओवादी केन्द्र ब्युंतिएपछि पनि एमालेमा लागेका प्रदेश २ का चार जना सांसदलाई दल त्यागको माध्यमबाट पद मुक्त गरेको छ ।

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा ब्युँतिएपछि पनि पार्टीमा नफर्किएका चार जना सांसदलाई माओवादी केन्द्रले सांसद पदबाट पद मुक्त गराएको हो ।

एमालेतिर लागेका प्रदेशसभा सदस्यहरू रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई सांसद पदबाट हटाइएको माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साहले जानकारी दिएका छन् ।

पार्टीको केन्द्रिय समितिले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ नदिएपछि आइतबार उनीहरूलाई बर्खास्त गर्ने निर्णय भएको साहले बताए । माओवादी केन्द्रले शुक्रबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

माओवादी केन्द्रले सांसदहरूलाई बर्खास्त गरेको पत्र माओवादीले आजै प्रदेशसभा सचिवालयमा समेत बुझाएको छ । ११ जना सांसद सहित प्रदेश २ मा उपस्थिती जनाएको माओवादीका ४ सांसद पदमुक्त भएपछि माओवादी संसदीयदलमा अब सात सांसदमात्रै रहनेछन् ।

बर्खास्तमा परेका मण्डल माओवादी संसदीय दलका नेता थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका केन्द्रीय नेताहरूले बारम्बार उनलाई पार्टीमा फर्किन आग्रह गरेपनि उनले अस्वीकार गर्दै आएका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १२ : ३५ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना