२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बाँड्यो ५० थान मोटरसाईकल



बुटवल । प्रदेशको शान्ति सुरक्षा मजबुत बनाउन भन्दै लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मोटरसाईकल उपलब्ध गराएको छ ।

सोमबार लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सशस्त्र र नेपाल प्रहरीका बिभिन्न निकायलाई ५० वटा मोटरसाईकल हस्तान्तरण गरेको छ ।

जनताको शान्ति सुरक्षा चुस्त दुरुस्त होस भनेर नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मोटरसाईकल उपलब्ध गराईएको लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी सोनामले बताए । उनले चार पाङ्ग्रे गाडी जान नसक्ने ठाउँमा मोटरसाइकल मार्फत जनतालाई सेवा दिन प्रहरीलाई सहज हुने विश्वास व्यक्त गरे ।

उनले उपलब्ध मोटरसाईकलहरु चारपाङ्ग्रे सवारी साधन नपुगेको स्थानहरुमा पठाउन आग्रह गर्दै जनतालाई छिटो छरिटो सेवा दिन मोटरसाईकल प्रभावकारी हुने बताए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरक्षक रबिन्द्र धानुकले प्रदेश सरकारले दिएको मोटरसाईकल १२ जिल्लामा वितरण गरीने बताउँदै प्राप्त साधनले जनताको शान्ति सुरक्षामा खटिन थप मद्दत पुग्ने बताए ।

लुम्बिनी प्रदेश ५ नम्बर बिन्दबासीनी बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधानले प्रदेश सरकारले दिएको सवारी साधानबाट अप्रेसन क्षेत्रमा काम र्गन सहज हुने बताए ।

मन्त्रालयले लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई ३५ थान र सशस्त्र प्रहरीलाई १० थान तथा कानुन मन्त्रालयलाई ५ थान मोटरसाईकल उपलब्ध गराएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ९ : ५९ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय