६ श्रावण २०८३, बुधबार | July 22, 2026

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बाँड्यो ५० थान मोटरसाईकल



बुटवल । प्रदेशको शान्ति सुरक्षा मजबुत बनाउन भन्दै लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मोटरसाईकल उपलब्ध गराएको छ ।

सोमबार लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सशस्त्र र नेपाल प्रहरीका बिभिन्न निकायलाई ५० वटा मोटरसाईकल हस्तान्तरण गरेको छ ।

जनताको शान्ति सुरक्षा चुस्त दुरुस्त होस भनेर नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मोटरसाईकल उपलब्ध गराईएको लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी सोनामले बताए । उनले चार पाङ्ग्रे गाडी जान नसक्ने ठाउँमा मोटरसाइकल मार्फत जनतालाई सेवा दिन प्रहरीलाई सहज हुने विश्वास व्यक्त गरे ।

उनले उपलब्ध मोटरसाईकलहरु चारपाङ्ग्रे सवारी साधन नपुगेको स्थानहरुमा पठाउन आग्रह गर्दै जनतालाई छिटो छरिटो सेवा दिन मोटरसाईकल प्रभावकारी हुने बताए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरक्षक रबिन्द्र धानुकले प्रदेश सरकारले दिएको मोटरसाईकल १२ जिल्लामा वितरण गरीने बताउँदै प्राप्त साधनले जनताको शान्ति सुरक्षामा खटिन थप मद्दत पुग्ने बताए ।

लुम्बिनी प्रदेश ५ नम्बर बिन्दबासीनी बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधानले प्रदेश सरकारले दिएको सवारी साधानबाट अप्रेसन क्षेत्रमा काम र्गन सहज हुने बताए ।

मन्त्रालयले लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई ३५ थान र सशस्त्र प्रहरीलाई १० थान तथा कानुन मन्त्रालयलाई ५ थान मोटरसाईकल उपलब्ध गराएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ९ : ५९ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज