२० मंसिर २०८२, शनिबार | December 6, 2025

जनस्वास्थ्य मापदण्ड पालनामा सरकारले कडाई नगरे कोरोनाको दोस्रो लहरले ठूलो क्षति गर्नेछ



वरिष्ठ जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले अहिले फैलिएको महामारी गतसालको भन्दा फरक रहेको भन्दै गम्भीर बन्न सुझाव दिएका छन् ।
बेलायतमा देखिएको नयाँ प्रजातिले बालबालिका तथा युवालाई धेरै असर गरेको भन्दै डा. पाण्डेले महामारीको कुनै पनि लक्षण देखिएमा तत्काल परीक्षण गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा सुझाव लेख्दै पाण्डेले भारतबाट नेपाल आउने सबैलाई अनुगमन, निगरानी र परीक्षणमा नचुक्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । उनले सिमा नाकामा ब्यापक कडाइ र परीक्षण र क्वारेन्टिन र आइसोलेसनको पूर्ण तयारी गर्न ढिलो नगर्न पनि सुझाव दिएका छन् ।

 

डा. रवीन्द्र पाण्डे

डा. पाण्डेले लेखेका छन् :
१. गतसाल फैलिएको महामारीभन्दा अहिलेको फरक छ । लक्षणविहीन धेरै छन् भने लक्षण देखिएका गम्भीर भएर अस्पताल भर्ना भएका छन् ।

२. बेलायतको नयाँ प्रजातिले बालबालिका तथा युवालाई तुलनात्मक रुपमा धेरै असर गरेको छ ।

३. बेलायतको प्रजाति गत सालको कोरोना भाइरसभन्दा ७० प्रतिशत धेरै संक्रामक छ ।

४. दीर्घरोग नभएका व्यक्ति पनि गम्भीर भएर अस्पतालमा छन् ।

५. गतसाल देखिएका कोभिड्का लक्षण यसपटक फरक छन् । यसपटक ज्वरो, खोकी नभएपनि पखाला, बान्ता, थकान, बिमिरा आदि लक्षणमात्र भएका व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ ।

६. कुनै लक्षण देखियो भने वा संक्रमितसँग भेट भएको अवस्था भए परीक्षण गर्न ढिलो नगरौं ।

७. केहि बालबालिकालाई लक्षण नदेखिएर एक्कासी निमोनिया देखिएको र जाँच गर्दा कोभिड पुष्टि भएको छ ।

८. केहि संक्रमितलाई पटकपटक पिसिआर नेगेटिभ देखिएपनि कोभिड निमोनिया भएर फोक्सो ड्यामेज भएको उपचाररत चिकित्सकले बताएका छन् ।

९. हरेक अस्पतालमा संक्रमितको चाप बढेको छ ।

१०. भारतसँग धेरै देशको हवाइ सम्पर्क बन्द छ । दैनिक हजारौं भारतीय नेपाल आएर अरब लगायतका देशमा जाँदैछन् । भारतबाट नेपाल आउने सबैलाई अनुगमन, निगरानी र परीक्षणमा चुक्नु हुँदैन । सिमा नाकामा ब्यापक कडाइ र परीक्षण र क्वारेन्टिन र आइसोलेसनको पूर्ण तयारी गर्न ढिलो गर्नु हुँदैन ।

११. संक्रमण थोरै भएको बेला कन्ट्याक्ट ट्रेसिंग प्रभावकारी हुन्छ । अहिले कन्ट्याक्ट ट्रेसिंग निकै फितलो छ । सरकार मापदण्ड पालनाको लागि कडा नहुने हो भने यो पटकको लहरले ठूलो क्षति गर्ने सम्भावना छ ।

१२. जनस्वास्थ्यका मापदण्डमा कडाइ, अनुगमन, निगरानी तथा जरिवाना नगर्ने देश नेपाल मात्र हो ।

१३. संक्रमण फैलिएपछि दुख पाउनुभन्दा संक्रमण रोकथामको लागि सरकार र नागरिक अत्यन्तै जिम्मेवार हुनु जरुरी छ ्र गतसाल गरेका गल्ती दोहोर्याउनु भएन ।

१४. हामी आम नागरिक अत्यन्तै जिम्मेवार हुनु जरुरी छ । हाम्रै लापरबाहीले संक्रमण सर्ने हो । संक्रमित भएर भौतिक, आर्थिक, मानसिक लगायत असर भोग्नुपर्ने हामीले नै हो । तसर्थ हामी अत्यन्तै जिम्मेवार भएर अनिवार्य रुपमा नाक र मुख छोपिने गरी डबल मास्क लगाऔं । मान्छेबाट मान्छेमा सर्ने भएकोले मान्छेसँग दुरी कायम गर्न नचुकौं ।

१५. जोखिम अवस्थामा बिद्यालय बन्द गरेर भएपनि बालबालिकालाई बचाउनु पर्दछ । एक बर्ष पढाइ ढिलो भए केहि असर होला तर जीवन अमुल्य छ । अनलाइन पढाइको बिकल्प छैन । बिद्यालयबाट संक्रमण घरघरमा पुग्यो भने अकल्पनीय अवस्था हुनसक्छ ।

१६. धेरै दौडधुप गरेर जोखिम मोल्नुभन्दा सम्भव भएसम्म घरमा बस्ने बानी गरौं । कार्यस्थललाई सुरक्षित बनाऔं ।

१७. सरकारले जारी गरेका सुचना तथा निर्देशन पालना गरौँ । आधिकारिक संस्था वा विज्ञको मात्र कुरा सुनौं । भ्रमको पछाडि नलागौं । भ्रम सबैभन्दा घातक महामारी हो ।

१८. पाएसम्म कोरोनाको खोप लगाएर सुरक्षित बनौं । यसको अतिरिक्त इन्फ्लुएन्जा र निमोनियाको खोप पनि लगाऔं ।

१९. पौष्टिक खाना, व्यायाम, निद्रा, सकारात्मक सोंच तथा प्रकृतिको उपभोग नै सबैभन्दा ठूलो इम्युन बुस्टर हुन् ।

२१. नलागुन्जेल कोभिड केहि होइन । लागेपछि बर्बाद हो । आइसीयुबाट फर्केका व्यक्तिलाई थाहा हुन्छ । कोभिड के हो भन्ने ?

२२. देश लकडाउनको बाटोमा जानु हुँदैन । लकडाउनमा नजानको लागि जनस्वास्थ्य मापदण्ड पालना गर्ने र गराउने प्रमुख उपाय हो ।
२३ यो पटक एकदम सिरियस बनौ । डर र त्रास र अत्यास मानेर हैन, योजनापूर्वक सतर्क बनौं ।

सबैले प्रण गरौँ – म संक्रमित हुनेछैन, मेरो परिवार र समाजलाई मैले बचाउनेछु ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ८ : ५१ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको