२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

लुम्बिनी फलफुल तरकारी थोक व्यवसायीद्धारा कोरोना सचेतना तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न



बुटवल । लुम्बिनी फलफुल,तरकारी थोक व्यावसायी संघको आयोजनामा वि.स. २०७८ सालको शुभकाना आदान प्रदान, कोडिभ-१९ सम्बन्धी सचेतना तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

संघको कार्यालय बुटवल कृषि उपज थोक बजार केन्द्रमा एक कार्यक्रमको आयोजना गरी शुभकाना आदान प्रदान, कोभिड-१९ सम्बन्धी सचेतना तथा क्यालेन्डर विमोचन गरिएको हो ।

लुम्बिनी फलफुल, तरकारी थोक व्यवासयी संघका अध्यक्ष बाबुराम भुषालको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगदिशचन्द्र आचार्यको प्रमुख आतिथ्यातमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष जगदिशचन्द्र आचार्यले कोडिभको विषयमा सरकारले अपनाएको मापदण्डलाई पुर्णरुपमा पालन गर्नका लागि आग्रह गरे । उनले सबै जना आ-आफ्नो स्थानबाट सचेतना भएमा कोभिड सम्बन्धी समस्यालाई निराकरण गर्न सकिने बताए ।

कार्यक्रममा विशिष्ठ आतिथी बुटवल कृषि उपज थोक बजार केन्द्र सञ्चालक समितिका अध्यक्ष तथा संघका संस्थापक अध्यक्ष घनश्याम भुषालले कोडिभको समयमा व्यवसायीहरुले खेलेको भुमिका महत्पूर्ण रहेको भन्दै उनले व्यवसायीक हित र स्वाथ्यमा विशेष ख्याल गर्नुपर्ने बताए ।

कार्यक्रममा बुटवल कृषि उपज थोक बजार केन्द्रका व्यवस्थापक बाली संरक्षण अधिकृत राम बहादुर खत्री, लुम्बिनी फलफुल-तरकारी थोक व्यवसायी संघका पुर्व अध्यक्ष वजिर शाहक, निर्वतमान अध्यक्ष केशव कुँवर, राधा कृष्ण टोल विकास समितिका अध्यक्ष यादव गैरे, प्रेस सल्लाहकार कृष्ण खनाल लगायतले शुभकाना मन्तव्य राखेका थिए । कार्यक्रम कृष्ण प्रसाद पोखरेलको स्वागत तथा महासचिव मेघनाथ पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ४ : ३९ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,