२ पुस २०८२, बुधबार | December 17, 2025

लुम्बिनी फलफुल तरकारी थोक व्यवसायीद्धारा कोरोना सचेतना तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न



बुटवल । लुम्बिनी फलफुल,तरकारी थोक व्यावसायी संघको आयोजनामा वि.स. २०७८ सालको शुभकाना आदान प्रदान, कोडिभ-१९ सम्बन्धी सचेतना तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

संघको कार्यालय बुटवल कृषि उपज थोक बजार केन्द्रमा एक कार्यक्रमको आयोजना गरी शुभकाना आदान प्रदान, कोभिड-१९ सम्बन्धी सचेतना तथा क्यालेन्डर विमोचन गरिएको हो ।

लुम्बिनी फलफुल, तरकारी थोक व्यवासयी संघका अध्यक्ष बाबुराम भुषालको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगदिशचन्द्र आचार्यको प्रमुख आतिथ्यातमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष जगदिशचन्द्र आचार्यले कोडिभको विषयमा सरकारले अपनाएको मापदण्डलाई पुर्णरुपमा पालन गर्नका लागि आग्रह गरे । उनले सबै जना आ-आफ्नो स्थानबाट सचेतना भएमा कोभिड सम्बन्धी समस्यालाई निराकरण गर्न सकिने बताए ।

कार्यक्रममा विशिष्ठ आतिथी बुटवल कृषि उपज थोक बजार केन्द्र सञ्चालक समितिका अध्यक्ष तथा संघका संस्थापक अध्यक्ष घनश्याम भुषालले कोडिभको समयमा व्यवसायीहरुले खेलेको भुमिका महत्पूर्ण रहेको भन्दै उनले व्यवसायीक हित र स्वाथ्यमा विशेष ख्याल गर्नुपर्ने बताए ।

कार्यक्रममा बुटवल कृषि उपज थोक बजार केन्द्रका व्यवस्थापक बाली संरक्षण अधिकृत राम बहादुर खत्री, लुम्बिनी फलफुल-तरकारी थोक व्यवसायी संघका पुर्व अध्यक्ष वजिर शाहक, निर्वतमान अध्यक्ष केशव कुँवर, राधा कृष्ण टोल विकास समितिका अध्यक्ष यादव गैरे, प्रेस सल्लाहकार कृष्ण खनाल लगायतले शुभकाना मन्तव्य राखेका थिए । कार्यक्रम कृष्ण प्रसाद पोखरेलको स्वागत तथा महासचिव मेघनाथ पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ४ : ३९ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन