२१ श्रावण २०८३, बिहिबार | August 7, 2026

मुसहर समुदायको आय आर्जनका लागि सहयोग हस्तान्तरण



बुटवल । रुपन्देहीको देवदह स्थीत मुसहर बस्तीमा रहेका बिपन्न परिवारलाई आय आर्जनका लागि कुखुराका चल्ला हस्तान्तरण गरिएको छ ।

आशा फाउण्डेसनको सहकार्यमा रोटरी क्लव अफ क्यापिटल बुटवल र रोट्याक्ट क्लव अफ तिनाउ बुटवलको संयुक्त आयोजनामा स्थानीय जातका कुखुराका चल्ला बितरण गरिएको हो ।

देवदह नगरपालिका वडा नं-४ डुमरा पिपरिहवामा रहेका १९ परिवारलाई प्रतिघर २० थान लोकल कुखुराका चल्ला र तिनका लागि १५ दिन पुग्ने दाना हस्तान्तरण गरिएको क्लवका अध्यक्ष दिनेश पाण्डेले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै लुम्विनी प्रदेशका प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपानेले रोटरी क्लवले सामाजिक सेवा कार्यमा पु्रयाएको योगदान प्रशंसनीय रहेको बताए । न्यौपानेले रोटरी क्लवले पछिल्लो समय शिक्षा र स्वास्थ्यसंगै बिपन्न समुदायमा आय आर्जनका लागि गरेको सहयोगले अरुका लागि दिशा निर्देश गरेको बताए ।

कार्यक्रममा रोटरी डिष्टक ३२९२ का एसिस्टेन्ट गभर्नर राजकुमार गुप्ता, क्लवका एडभाईजर एजाज आलम, ईलेक्ट प्रेसिडेन्ट माधव नेपाल, रोटर्याक्ट क्लव अफ तिनाउ बुटवलका अध्यक्ष ईन्दु पौडेल लगायतले सामाजिक संघ संस्थाहरुबाट प्राप्त सहयोग सदुपयोग गर्न सके समाजको बिकास र समुदाय संगको सहकार्यका लागि असंख्य संस्थाहरु तयार रहने अवस्था रहेको बताए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ४ : ४२ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन