२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

आइपिएल २०२१ : मुम्बइ इन्डियन्सको पहिलो जित, कोलकाता १० रनले पराजित



काठमाडौं । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत साविकको विजेता मुम्बइ इन्डियन्सले पहिलो जित हासिल गरेको छ ।

मंगलबार राति भएको प्रतियाेगिताकाे पाँचौँ खेलमा मुम्बइले कोलकाता नाइट राइडर्सलाई १० पराजित गरेको हो ।

मुम्बइले दिएको १ सय ५३ रनको मध्यम लक्ष्य पछ्याएको कोलकाताले पुरै ओभर खेल्दै १ सय ४२ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १५ रन चाहिएको कोलकाताका आन्द्रे रसेल र प्याट कमिन्स ट्रेन्ट बोल्टको तेस्रो र चौथो बलमा आउट भएपछि जित नजिक पुगेर पनि हार ब्यहोर्न बाध्य भयो ।

कोलकाताका नितिश रानाले ५७ तथा शुभमन गिलले ३३ रन बनाए । यसअघि, मुथैया अन्नामलाई चिदम्बरम स्टेडियम चेन्नइमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको मुम्बइले २० ओभरमा अलआउट हुँदै १ सय ५२ रन बनाएको थियो ।

मुम्बइका सूर्यकुमार यादवले सर्वाधिक ५६ रनकाे याेगदान दिए । यस्तै, रोहित शर्माले ४३, हार्दिक पाण्ड्या र क्रुणाल पाण्ड्याले समान १५-१५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मुम्बइलाई सस्तैमा समेट्ने क्रममा कोलकाताका आन्द्रे रसेलले २ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए । यस्तै, प्याट कमिन्सले २, साकिब अल हसन, प्रसिद्ध कृष्ण र वरुण चक्रवर्तीले समान एक एक विकेट हात पारे । जितसँगै मुम्बइले आफ्नो खातामा पहिलो अंक जोडेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ५ : ५० बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री