३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

सातौ मणिमुकुन्द भलिबलको उपाधि बाग्लुङलाई



बुटवल । सातौ मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जिल्ला भलिबल संघ बाग्लुङले हात पारेको छ ।

विहिबार भएको फाईनल खेलमा बाग्लुङले जिल्ला भलिबल संघ स्याङजालाई ३–१ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसंगै बाग्लुङ नगद १ लाख २ हजार २ सय २२ रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता स्याङजा नगद ७२ हजार २ सय २२ रुपैया मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । जिल्ला भलिबल संघ रुपन्देहीले नवलपरासीलाई ३–२ को सेटमा पराजित गर्दै तृतिय स्थान हासिल गरेको छ ।

रुपन्देही नगद ४५ हजार ५ सय ५५ रुपैया तथा नवलपरासी सान्त्वना हुदै नगद २५ हजार ५ सय ५५, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । स्याङजाका कमल सुनार उत्कृष्ट ब्लकर, हरि पाण्डे उत्कृष्ट स्पाईकर, रुपन्देहीका जिवन रसाईली उत्कृष्ट डिफेन्स, प्रताप खवास उत्कृष्ट सर्भर, बाग्लुङका मिन सुनार उत्कृष्ट सेटर, स्याङजाका प्रशिक्षक राजेन्द्र शर्मा उत्कृष्ट प्रशिक्षक, रुपन्देहीका आर्दश रसाईली उदयमान खेलाडी घोषित हुदै नगद ३ हजार रुपैया, कप, मेडल तथा बाग्लुङका राजु बिक सर्वोत्कृष्ट खेलाडी र बाग्लुङका कुशमान थापा अनुसासित खेलाडी घोषित हुदै नगद ५–५ हजार रुपैया, कप, मेडलबाट पुरस्कृत भए ।

मणिमुकुन्द भलिबल क्लबको आयोजनामा शंकरनगरस्थित मणिमुकुन्द भलिबल कोर्टमा विहिबार राती भएको फाईनल खेलमा जिल्ला भलिबल संघ बाग्लुङले पहिलो सेट २५–१७ अंकसहित आफनो पक्षमा पार्दै खेलमा अग्रता लिएको थियो । दोस्रो सेट भने स्याङजाले २५–२१ अंकले जित्दै खेलमा बराबरीमा ल्यायो । तेस्रो र चौथौ सेटमा बाग्लुङ आक्रमक खेल पस्कदै लगातार २५–२१, २५–१६ अंकले खेलमा जित निकाल्न सफल भएको थियो ।

एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे, नेपाल भलिबल संघ केन्द्रिय उपाध्यक्ष निरोज मास्के, पश्चिमाञ्चल भलिबल संघका कोषाध्यक्ष हरि कुमार श्रेष्ठ, जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष योग गुरुङ, क्लबका बरिष्ठ सल्लाहकार टुक बहादुर क्षेत्री, सल्लाहकार विष्णु श्रेष्ठ, क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १ : ०७ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६