१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सातौ मणिमुकुन्द भलिबलको उपाधि बाग्लुङलाई



बुटवल । सातौ मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जिल्ला भलिबल संघ बाग्लुङले हात पारेको छ ।

विहिबार भएको फाईनल खेलमा बाग्लुङले जिल्ला भलिबल संघ स्याङजालाई ३–१ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसंगै बाग्लुङ नगद १ लाख २ हजार २ सय २२ रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता स्याङजा नगद ७२ हजार २ सय २२ रुपैया मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । जिल्ला भलिबल संघ रुपन्देहीले नवलपरासीलाई ३–२ को सेटमा पराजित गर्दै तृतिय स्थान हासिल गरेको छ ।

रुपन्देही नगद ४५ हजार ५ सय ५५ रुपैया तथा नवलपरासी सान्त्वना हुदै नगद २५ हजार ५ सय ५५, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । स्याङजाका कमल सुनार उत्कृष्ट ब्लकर, हरि पाण्डे उत्कृष्ट स्पाईकर, रुपन्देहीका जिवन रसाईली उत्कृष्ट डिफेन्स, प्रताप खवास उत्कृष्ट सर्भर, बाग्लुङका मिन सुनार उत्कृष्ट सेटर, स्याङजाका प्रशिक्षक राजेन्द्र शर्मा उत्कृष्ट प्रशिक्षक, रुपन्देहीका आर्दश रसाईली उदयमान खेलाडी घोषित हुदै नगद ३ हजार रुपैया, कप, मेडल तथा बाग्लुङका राजु बिक सर्वोत्कृष्ट खेलाडी र बाग्लुङका कुशमान थापा अनुसासित खेलाडी घोषित हुदै नगद ५–५ हजार रुपैया, कप, मेडलबाट पुरस्कृत भए ।

मणिमुकुन्द भलिबल क्लबको आयोजनामा शंकरनगरस्थित मणिमुकुन्द भलिबल कोर्टमा विहिबार राती भएको फाईनल खेलमा जिल्ला भलिबल संघ बाग्लुङले पहिलो सेट २५–१७ अंकसहित आफनो पक्षमा पार्दै खेलमा अग्रता लिएको थियो । दोस्रो सेट भने स्याङजाले २५–२१ अंकले जित्दै खेलमा बराबरीमा ल्यायो । तेस्रो र चौथौ सेटमा बाग्लुङ आक्रमक खेल पस्कदै लगातार २५–२१, २५–१६ अंकले खेलमा जित निकाल्न सफल भएको थियो ।

एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे, नेपाल भलिबल संघ केन्द्रिय उपाध्यक्ष निरोज मास्के, पश्चिमाञ्चल भलिबल संघका कोषाध्यक्ष हरि कुमार श्रेष्ठ, जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष योग गुरुङ, क्लबका बरिष्ठ सल्लाहकार टुक बहादुर क्षेत्री, सल्लाहकार विष्णु श्रेष्ठ, क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १ : ०७ बजे

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी