४ बैशाख २०८१, मंगलबार | April 16, 2024

आजबाट मेरो कित्ता प्रणाली लागु, यसरी निकाल्न सकिन्छ घरमै बसेर आफ्नो जग्गाको नक्शा !



काठमाडौं । घरमै बसेर आफ्नो जग्गाको नक्शा प्रिन्ट गर्न र राजस्व समेत बुझाउन पाउने प्रणाली आजबाट सुरु भएको छ ।

नापी विभागले ‘मेरो कित्ता प्रणाली’को सुरुवात गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीे यो प्रणालीको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले बुधरबार देशबासीका नाममा सम्बोधन गर्दै मेरो कित्ता प्रणाली ल्याउन लागिएको जनाएका थिए ।

जग्गाको नक्शा प्रिन्ट गर्न र राजस्व बुझाउने ‘नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम र मेरो कित्ता प्रणाली’ बिहीबारदेखि काठमाडौंका कलंकी, डिल्लीबजार र भक्तपुर नापी कार्यालयमा लागु भएको छ ।

यी तीन स्थानमा सफल भएपछि उपत्यकाका बाँकी कार्यालयमा यसै आर्थिकवर्षभित्र र बाँकी जिल्लामा अर्कोआर्थिक वर्षसम्म विस्तारै प्रयोगमा ल्याइने विभागका महानिर्देशक प्रकाश जोशीले बताएका छन् ।

अब उपभोक्ताले घरबाटै आफ्नो धनीपूर्जाको नक्शा निकाल्न सक्नेछन् भने त्यसका लागि आवश्यक राजश्व समेत घरबाटै तिर्न सक्नेछन् । यसअघि उपभोक्तालाई नापी कार्यालयम गएर घण्टौं धाउनुपर्ने बाध्यता थियो ।

मेरोकित्ता डट कममा उपभोक्ताले आफ्नो लगत समावेश गर्न सक्नेछन् । त्यसपछि लगइन गरेपछि नक्शा प्रिन्छ गर्न र राजश्व तिर्न सकिने महानिर्देशक जोशीले बताए ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  १ : ५३ बजे

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै

लुम्बिनीका संसदीय समिति सर्वसम्मत चुनिदै

बुटवल । लुम्बिनी प्रदेश सभाका सात विषयगत समितिका सभापति सर्वसम्मत

धूम्रपान र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगन्ज

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले धूम्रपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र

‘एक पैसा कहिलेलाई ? बागलुङ्को चैतेदसैँलाई….’

बागलुङ । बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका

सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सामाजिक विकास कार्यालय, डोल्पाका