२ पुस २०८२, बुधबार | December 18, 2025

“मास्कलाई बढी मुल्यमा बिक्रि वितरण गर्नेलाई उद्योग बाणिज्य संघले संरक्षण गर्दैन”



बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले कोरोना भाईरस संक्रमणको जोखिमबाट बँच्नका लागि सेचत हुन आम नागरिकलाई आह्वान गरेको छ । संघले शुक्रबार एक बिज्ञप्ती जारी गरेर विश्वव्यापी रुपमा बढ्दै गएको कोरोनाको संक्रमण हुन नदिन सरकारका तर्फबाट पनि सजगता अपनाउन आग्रह गरेको हो ।

संघका अध्यक्ष खिमबहादुर हमालद्वारा हस्ताक्षरित विज्ञप्तीमा कोरोना भाईरसको जोखिम कम गर्नकालागि सरकारलाई हरउपाय अपनाउन आग्रह गरिएको छ भने आम नागरिकलाई पनि सजग हुन अपिल गरिएको छ । कोरोना भाईरसको संक्रमणबाट बच्नकालागि अति आवश्यक काम बाहेक, भिडभाडमा नजान, हात मिलाउनको साटो नमस्कार गर्न र आउँदै गरेको होली पर्वमा रंग नखेल्न समेत विज्ञप्ती मार्फत संघले आग्रह गरेको हो ।

कोरोना भाईरसको संक्रमणको प्रभाव बढ्दैजाँदा नेपालमा मास्कको पनि प्रयोग बढेको उल्लेख गर्दै यसको फाईदा नउठाउन समेत व्यापारीलाई आग्रह गरिएको छ । कोरोना भाईरस संक्रमण जोखिमको फाईदा उठाएर अहिले अत्यधिक प्रयोग भएको मास्कलाई लुकाउने तथा बढी मुल्यमा बिक्रि वितरण भएको भन्ने समाचार आएकाले सम्बन्धि व्यापारीलाई बढी मुल्यमा बिक्रि वितरण नगर्न तथा नगराउने आग्रह गरिएको छ ।

विज्ञप्ती मार्फत सम्बन्धित सरकारी निकायबाट अनुगमन गर्न र त्यस्तो भएको भए त्यस्ता व्यापारीलाई तत्काल कारवाही गर्न आग्रह गर्दै मास्क लुकाउने तथा बढी मुल्यमा बिक्रि वितरण गर्ने व्यबसायीलाई संघले कुनै प्रकारको संरक्षण नगर्ने समेत ध्यानाकर्षण गराईएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : २१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल