१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सिंचाई कुलो भत्किएपछि खेति योग्य जमिन बाँझो



बझाङ । बझाङ जिल्लामा खेति योग्य जमिन वाझो भएपछी किसानहरु चिन्तित भएका छन । बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालीकाको वडा नँ मा ५ छात्रवस्टीका किसानहरु सिचाइ कुलो भत्किएपछि चिन्तित बनेका हुन ।

पाटादेवल जोड्ने ग्रामीण सडक निर्माण भएपछि पहिरोले नहर बगाउँदा करिब दुई हजार रोपनी खेतीयोग्य जग्गा बाँझोमा परिणत भएको त्यहाँका स्थानीयवासिन्दाहरुले बताएका छन ।

‘खेतियोग्य जमिन बाझो रह्यो अब के खाने ? अहिलेसम्म कुनै निकाय बाट पहल भएको छैन।’ स्थानीयवासी हिरु थापाले भनीन्, ‘अहिलेसम्म न त सिचाई कुलो निर्माण भयो नत कही कतै वाट सहयोग आयो सिचाई कुलो निर्माण नहुदा दुःख पाईने भो ।’

त्यस्तै अर्का स्थानीय सुर्य वहादुर थापाले पनि खेतीयोग्य जमिन बाँझो रहँदा पनि नत स्थानीय सरकारले सहयोग गरेको न प्रदेश सरकार हेरेको गुनासो गरे । ‘नेताहरु गाँउमा आए पनि कुनै पहल भएन ।’ उनले भने ।

अषाढ नजिकै आईरहेका बेला अरुले खेती लगाउँदा आफुहरु टुलुटुलु हेरेर वस्नुको बिकल्प नभएको स्थानीयहरुको भनाई छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  १० : ३८ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७