१२ असार २०८३, शुक्रबार | June 26, 2026

आइपिएल २०२१ : राजस्थान रोयल्सको पहिलो जित



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ ।

बिहीबार राती भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ३ विकेटले हरायो ।

जितका लागि दिल्लीबाट पाएको १४८ रनको लक्ष्य राजस्थानले ७ विकेट गुमाएर २ बल बाँकी छँदै भेट्टायो ।

उसका लागि डेभिड मिलरले ६२ रन बनाए भने क्रिस मोरिसले ३६ रन बनाए ।

दिल्लीका अभेस खानले तीन तथा कागिसो रबाडाले दुई विकेट लिएपनि टिमको हार टार्न सकेनन् ।

त्यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४७ रन बनाएको थियो । उसका लागि कप्तान रिषभ पन्तले ५१ रन बनाए ।

राजस्थानका जयदेव उनादकान्तले ३ विकेट लिए । दिल्ली पहिलो खेलमा विजयी भएपनि दोस्रो खेलमा पराजित भयो । पहिलो जित निकालेको राजस्थान २ अंकसहित पाँचौ स्थानमा छ ।

दिल्ली चौथो स्थानमा छ । दुई खेलबाट ४ अंक जोडेको बेंगलोर शीर्ष स्थानमा छ ।

आइपीएल क्रिकेटमा आज पञ्जाब र चेन्नेई खेल्दैछन् ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ६ : ४६ बजे

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको