२२ बैशाख २०८१, शनिबार | May 4, 2024

व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा चार युवक पक्राउ



महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित राजु हार्डवेयर पसलका व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मटिहानी–७ बस्ने ३० वर्षीय राजीव यादव, २६ वर्षीय सुरज मण्डल, १७ वर्षीय रामप्रवेश मण्डल र २१ वर्षीय केवलकुमार मण्डल रहेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए । मङ्गलबार राति करिब ९ बजेको समयमा पाँच जनाको समूहमा आएका युवाले पसलको ढोका तोडफोड गरी भित्र पसेर पसले राजु चौधरी तथा उनका छोरा गौरव चौधरीलाई अश्लील गालीगलौज गर्नुका साथै मोटरसाइकलको हेलमेट र मुक्का, लात्तीले कुटपिट र लुटपाट गरेको पीडित पसलेले बताएका छन् । हेलमेटले हिर्काएर भागेकाहरुको एक थान हेलमेट अझै सो पसलमा छुटेको अवस्थामा छ ।

मदिरा खाएर मात्तिएका युवाको समूहले पसले राजुको पसलको गल्ला (पैसा राख्ने स्थान) बाट रु तीन लाख र एक थान मोबाइल लुटेर लगेको राजुले बताएका छन् । सो घटनाको विरोधमा स्थानीय व्यापारीले आफूहरु असुरक्षित भएको भन्दै बुधबारदेखि महोत्तरी उद्योग वाणिज्य सङ्घ मटिहानीमा तालाबन्दी गरेका छन् । उनीहरुले प्रदर्शन र नाराबाजी गरिरहेका छन् ।

व्यापारीहरुको सुरक्षाका लागि कुनै चासो नदेखाएको भन्दै स्थानीय व्यापारीले तालाबन्दी गरेपछि सङ्घका अध्यक्ष मोहनप्रसाद गुप्ता पनि व्यापारीसँग ऐक्यबद्धता प्रकट गर्दै उनीहरूसँग प्रहरी प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

उद्योग वाणिज्य सङ्घ मटिहानीले दोषीउपर कडाभन्दा कडा कानूनी कारवाही नभए थप सङ्घर्षका कार्यक्रम अगाडि सार्ने बताएको छ । मटिहानी बजारमा पटक–पटक यस प्रकारका घटना हुँदै आए पनि प्रहरी चौकी तथा सशस्त्र बिओपीको उदासीनताका कारण दोषी उम्कने तथा व्यापारी लुटिने गरेको स्थानीय व्यवसायीको आरोप छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १० : ३९ बजे

रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने, महामन्त्रीलाई प्रतिवेदन बनाउने जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको

भन्सारबाट उठेको सतप्रतिशत रकम राज्य कोषमा दाखिला हुनुपर्छ, कर्मचारीलाई कमिसन किन ? : सांसद साह

काठमाडौं । आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि

काठमाडौं महानगरले अग्नि प्रभावित गुल्मी र दाङका २ पालिकालाई १०-१० लाख अनुदान दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको

‘सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार’

भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने