२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

त्रिकोणात्मक टी-२० सिरिज आजबाट शुरु, उद्घाटन खेल नेपाल र नेदरल्यान्ड्स बिच हुदैं



काठमाडौं । नेपाल, मलेशिया र नेदरल्यान्ड्सबीच आयोजना हुने त्रिकोणात्मक टी-२० क्रिकेट शृखंला आजबाट शुरु हुँदैछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा आजबाट शुरु हुने त्रिकोणात्मक टी-२० क्रिकेट प्रतियोगितामा नेपाल, मलेशिया र नेदरल्यान्ड्स सहभागी रहेका छन ।

आज हुने उद्घाटन खेल आयोजक नेपाल र नेदरल्यान्ड्सबीच हुनेछ । खेल आज दिउँसो १ः१५ बजेबाट शुरु हुनेछ । यसअघि शुक्रबार प्रतियोगिताको ट्रफी नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्यान्ड्सका कप्तान पिटर सिलर र मलेशियाका कप्तान अजिजले संयुक्त रुपमा सार्वजनिक गरेका छन ।

कोरोना भाइरसको संक्रमण दर फैलिने त्रासकाबीच आयोजना हुन लागेको शृखंलामा महामारीबाट जोगिन होटलदेखी मैदानसम्म अपनाउनुपर्ने सबै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइएको शृखंलाका निर्देशक माधव कर्माचार्यले जानकारी दिए ।

त्यस्तै क्यानका महानिर्देशक रौनक मल्लले खेल हेर्न दर्शक दीर्घाका लागि टिकटको व्यवस्था मिलाइएको जानकारी दिए । प्रतियोगितामा सहभागी सबै खेलाडीको कोरोना परीक्षण भइसकेको श्रृंखलाका निर्देशक कर्मचार्यले जानकारी दिएका छन ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ६ : ४४ बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३