७ चैत्र २०८२, शनिबार | March 22, 2026

त्रिकोणात्मक टी-२० सिरिज आजबाट शुरु, उद्घाटन खेल नेपाल र नेदरल्यान्ड्स बिच हुदैं



काठमाडौं । नेपाल, मलेशिया र नेदरल्यान्ड्सबीच आयोजना हुने त्रिकोणात्मक टी-२० क्रिकेट शृखंला आजबाट शुरु हुँदैछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा आजबाट शुरु हुने त्रिकोणात्मक टी-२० क्रिकेट प्रतियोगितामा नेपाल, मलेशिया र नेदरल्यान्ड्स सहभागी रहेका छन ।

आज हुने उद्घाटन खेल आयोजक नेपाल र नेदरल्यान्ड्सबीच हुनेछ । खेल आज दिउँसो १ः१५ बजेबाट शुरु हुनेछ । यसअघि शुक्रबार प्रतियोगिताको ट्रफी नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्यान्ड्सका कप्तान पिटर सिलर र मलेशियाका कप्तान अजिजले संयुक्त रुपमा सार्वजनिक गरेका छन ।

कोरोना भाइरसको संक्रमण दर फैलिने त्रासकाबीच आयोजना हुन लागेको शृखंलामा महामारीबाट जोगिन होटलदेखी मैदानसम्म अपनाउनुपर्ने सबै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइएको शृखंलाका निर्देशक माधव कर्माचार्यले जानकारी दिए ।

त्यस्तै क्यानका महानिर्देशक रौनक मल्लले खेल हेर्न दर्शक दीर्घाका लागि टिकटको व्यवस्था मिलाइएको जानकारी दिए । प्रतियोगितामा सहभागी सबै खेलाडीको कोरोना परीक्षण भइसकेको श्रृंखलाका निर्देशक कर्मचार्यले जानकारी दिएका छन ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ६ : ४४ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा