२० बैशाख २०८३, आइतबार | May 3, 2026

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा आज बिहान मन्त्रिपरिषद् बैठक बोलाएका छन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

समसामयिक एजेण्डामा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाएको थापाले बताए ।

बैठकमा कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण कसरी गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

यही शनिबार बसेको सीसीएमसी बैठकले कोरोनाको दोस्रो लहड तिब्र गतिमा बढेको भन्दै शहरी क्षेत्रका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

यस्तै बैठकले कोरोनाबाट जोगिन स्वास्थ्य मन्त्रालयको सल्लाहमा सीसीएमसी बैठकले नै तय गरेका जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने बताइएको छ ।

मुलुकको राजनीति तरंगित भइरहेका बेला बस्ने बैठकमा थप विषयमा पनि छलफल हुनसक्ने  बुझिएको छ ।

 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ८ : ५० बजे

सबै कम्युनिस्ट एकताबद्ध भएर क्रान्तिको सपना पूरा गर्छौ : प्रचण्ड

रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, नविकरण नगरे जिम्मेवारीबाट मुक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा

धोबीखोलाको साततले घर डोजरले कोपरेर मात्र छोडियो

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि डोजर चलाइरहेका