८ चैत्र २०८२, आइतबार | March 22, 2026

आइपिएल २०२१ : चेन्नई सुपर किङ्सले दोस्रो जित



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगिता चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ ।

मुम्बईमा सोमबार राति राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो ।

चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ४९ रन बनाए । जयदेव उनाकडले २४ रन बनाउँदा राहुल टेवाटिया २० रनमा आउट भए । चेन्नईका मोइन अलीले ३ विकेट लिए ।

यस्तै साम कुरन र रविन्द्र जडेजाले २/२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

चेन्नईका लागि फाप डु प्लेसिसले सर्वाधिक ३३ रन जोडे । यस्तै अम्बाती रायडुले २७ रन जोड्दा मोइन अलीले २६ रन बनाए । राजस्थानका चेतन शाकरियाले ३ तथा क्रिस मोरिसले २ विकेट लिए ।

जितसँगै चेन्नई लिगको दोस्रो स्थानमा उक्लिएको छ । चेन्नईले ३ खेलमा ४ अंक जोडेको छ । राजस्थानको यो दोस्रो हार हो । राजस्थान ३ खेलमा २ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ७ : ०४ बजे

हिमपातले किसानलाई राहत

मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी । महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ

होर्मुज जलमार्ग विवाद चर्किँदै : ट्रम्पको इरानलाई ४८ घण्टे चेतावनी, क्षेत्रीय तनाव बढ्दो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज

नेपालगन्ज भन्सार : लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा