३० असार २०८३, मंगलबार | July 14, 2026

ठडियो ढलेको धरोहर (फोटो फिचर)



काठमाडौं । २०७२ बैशाा १२ गतेको विनाशकारी भूकम्पले ढलाएको धरहरा फेरि ठडिएको छ ।

ऐतिहासिक धरोहर धराहरा नयाँ स्वरुपमा पुनर्निर्माण भएको हो । यही बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भूकम्पको ६ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले धरहरा उद्घाटन गर्न लागेका हुन् । यद्यपी, पुनर्निर्माणको काम भने अझै सकिएको छैन । जसकाकारण प्रधानमन्त्रीले उद्घाटन गरेपनि आम सर्वसाधारणले भने धरहराको टुप्पोमा पुगरे फेरि एकपटक काममाडौंको दृश्यावलोकन गर्नका लागि अझै केही समय कुर्नुपर्ने हुन्छ ।

भूकम्पले ९ तले धरहरा ढलाएको थियो । अहिले २२ तलाको धरहटा ठडिएको छ । पुरानो धरहराको भग्नावशेषलाई सिसाले छोपेर संरक्षण गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको योजना रहेको छ ।

उद्घाटनको दिन नजिकिँदै जाँदा नयाँ धरहरामा अन्तिम काम भैरहेको छ । अहिले टुप्पोमा गुजुर राख्ने काम भैरहेको छ भने, फलामे फ्रेमलाई विस्तारै खोलिँदै लगिएको छ । फ्रेम खोलिँदा काठमाडौंको पहिचान बोकेको धरहराको पुरानै रुप देख्न थालिएको छ ।

धरहराको टावर बाहेक अन्य काम पनि धमाधम भैरहेको छ । टावरको रंगरोगनको काम पनि लगभग सकिएको छ । पार्किङ र म्युजियम लगायतका संरचनाको काम भने सकिन अझै लामो समय लाग्ने देखिन्छ ।

 

 

 

 

 

 

तस्बिर : रासस/राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १२ : ५५ बजे

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर । लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा

भौतिक विकासको पर्खाइमा डडेल्धुराको पलगडी गाउँ

कञ्चनपुर । डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिका-११ स्थित पलगडी गाउँ आज

पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले सफा, स्वच्छ, सुन्दर नगर बनाउने उद्देश्यका

सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन

काठमाडौं । सर्लाहीमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका विवेक मण्डलको

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

गोरखा । समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति