२० मंसिर २०८२, शनिबार | December 7, 2025

आइपिएल २०२१ : चेन्नइ शीर्ष स्थानमा, कोलकाता १८ रनले पराजित



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगिता अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ ।

बुधबार राति भएको खेलमा चेन्नइले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हाे ।

२ सय २१ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता १९.१ अ‍ोभमा २ सय २ रनमा समेटियो । ५ विकेट ३१ रनको स्थितिमा गुमाएको कोलकाताको पारीलाई दिनेश कार्तिक र आन्द्रे रसेलले ८१ रनको साझेदारी गर्दै १ सय १२ रनसम्म पुर्याए ।

रसेल ५४ तथा कार्तिक ४० रनमा आउट भए । यस्तै, प्याट कमिन्स ६६ रनमा अविजित रहे । कोलकाताका ४ जना खेलाडी शून्य रनमा आउट भए । कोलकातालाई कम स्कोरमा समेट्ने क्रममा चेन्नइका दीपक चाहरले ४, लुङ्गी एनगिडीले ३ तथा साम करनले १ विकेट लिए ।

यसअघि, मुम्बइस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २० रन बनाएको थियो ।

चेन्नइका फाफ डु प्लेसिस र रितुराज गयकवार्डले पहिलो विकेटका लागि १ सय १५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गरे । प्लेसिस ६० बलमा ४ छक्का र ९ चौकासहित ९५ रनका नटआउट रहे । उनी शतक बनाउनबाट ५ रनले पछि रहे ।

यस्तै रितुराजले ६४, मोइन अलीले २५ तथा महेन्द्र सिंह धोनीले १७ रनको योगदान दिए । जितसँगै, चेन्नइ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नइको ६ अंक छ ।

एक खेल कम खेलेको बैंगलोर समान ६ अंक रहेपनि रनरेटमा पछि पर्दै दोस्रो स्थानमा रहेको छ भने दिल्ली तेस्रो स्थानमा छ । यसैगरी मुम्बइ चौथो, हैदरावाद पाँचौँ, कोलकाता छैटौँ, राजस्थान सातौँ र पञ्जाब आठौँ स्थानका रहेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ६ : २६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल