२३ बैशाख २०८१, आइतबार | May 5, 2024

ग्लोरियस हेल्थ केयर प्रालिमार्फत बाथको विशेषज्ञ उपचार



बुटवल । नेशनल बाथ रोग सेन्टरले बुटवलमा ग्लोरियस हेल्थ केयर प्रालिमार्फत बाथ रोग उपचार सेवा शुरु भएको छ ।

शुक्रबार लुम्बिनी प्रदेशका पुर्व सामाजिक विकासमन्त्री सुर्दशन बरालले बुटवल महेन्द्र पार्कस्थित शाखाको उद्घाटन गरेका छन ।

सेन्टरका विशेषज्ञ चिकित्सक डा बिनित वैद्यले समाजमा बाथरोग रोगबारे सचेतना फैलाउने, परिक्षण र पहिचान गर्ने तथा त्यसको जटिलता रोक्न औषधीसंगै शारिरिक ब्यायमका विधि अप्नाउनु पर्ने बताए ।

बाथको उपचार महङो भन्दा बाथरोगको पहिचान र पहिचानपछि औषधि नियमित खान छोड्नु सबैभन्दा समस्या रहेको उनले बताए । यो दिर्घरोग भएकाले नियमित र निरन्तर औषधी सेवन गर्नुपर्ने उनले बताए ।

सेन्टरका अध्यक्ष रोशन कक्षपतीले शुरुवातमा रोग पहिचानका कुल जनसंख्याको १० प्रतिशत बाथरोग देखिने तथ्यांकका हिसाबमा लुम्बिनी प्रदेशमा कुल जनसंख्याको साढे ४ लाख बाथरोग हुने आसंका रहेको बताए ।

रातोपुलमा यस क्षेत्रका करीब १५ हजारले उपचार सेवा लिएको उनले बताए । अझै पनि करीब ३.५ प्रतिशत उपचार गरिरहेको भन्दै कुल १० प्रतिशत उपचारको पहुचमा रहेको बताए । दक्ष जनशक्ति अभाव नै रहेको भन्दै उनले २०१२ सम्म ३ जना विशेषज्ञहरु रहेको बताए। आफुहरु अहिले १२ जना बाथरोग विशेषज्ञहरुमार्फत सेवा दिईरहेको उनले बताए ।

संचालक होम बहादुर पल्लिले चिकित्सकको नियमित रेखदेखमा विरामिहरु उपचारमा रहनुपर्ने भएकाले पनि सेन्टरबाट धेरै लाभ मिल्ने बताए । काठमाडौं, बिराटनगरपछि अहिले रुपन्देहीमा सेवा सुभारम्भ गरेको उनले बताए ।

सेन्टरबाट देशभरका करीब १ लाख बिरामीहरु उपचारको क्रममा रहेको उनले बताए । सेन्टरमा १२ जना विशेषज्ञ सहित ७५ जना जनशक्ति रहेको तथा बुटवलमा २ जना विशेषज्ञ जनशक्ति र अन्य कर्मचारी गरि १० जना रहेको उनले बताए । बुटवलमा १६ जनाको लगानी रहेको छ । तीन शाखामा कुल ४ करोड लगानी रहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १ : ५९ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै