२५ बैशाख २०८१, मंगलबार | May 8, 2024

टी-१० क्रिकेट प्रतियोगिता : तिरुपति र खुकुरी विजयी



भैरहवा । तिरुपति क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवामा जारी स्टडील्याण्ड टी-१० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा विजयी भएका छन् ।

तिरुपतिले घिनाहा-११ लाई १९ रन र खुकुरीले जीआरलाई क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै विजयी भएका हुन् ।

सिद्धार्थ रंगशालमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको तिरुपतिले १ विकेटको क्षतिमा ९२ रनको योगफल बनायो । जसमा बसिर अहम्मदले अविजित ३६, अजय कौशिल्याले २० र तुलबहादुर थापाले अविजित १७ रन जोडे ।

बलिङमा घिनाहा-११ का जितेन्द्र साहनीले १ विकेट लिए । प्रतिउत्तरमा घिनाहा-११ ले ९ विकेटको क्षतिमा ७३ रन मात्रै बनायो । जसमा शैलेष यादवले १९, दिलसाद अलीले १४ र अर्पण लोनियाले १३ रन बनाए । बलिङमा तिरुपतिका बसिर अहम्मद, एकलाख अहम्मद र अमृत गुरुङले समान २/२ तथा मोहम्मद हुसेन र तुलबहादुर थापाले १/१ विकेट लिए । बसिर अहम्मद म्यान अफ द म्याच भए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको जीआरले ६ विकेटको क्षतिमा ८९ रनको योगफल बनायो । जसमा लक्की पाण्डेले ४१ र अर्जुन गिरीले ३१ रन बनाए । बलिङमा खुकुरीका रोशन थामीले ३, अजय लोनिया २ र दुर्गेश गुप्ताले १ विकेट लिए ।

प्रतिउत्तरमा खुकुरीले ७ ओभर १ बलमा ३ विकेटको क्षतिमा ९४ रन बनाउँदै जित निकाल्यो । जसमा शंकर रानाले अविजित ३५, संदीप रजालीले २८ र निश्चल चौधरीले १६ रन बनाए । बलिङमा अर्जुन गिरीले २ तथा संदीप सुनारले १ विकेट लिए ।

रोशन थामी म्यान अफ द म्याच भए । शनिबार वेष्टर्न क्रिकेट क्लब र आरआर चिल्हिया तथा लुम्बिनी नव युवा र ग्राण्ड कस्मोबीच प्रतिस्पर्धा हुने आयोजक संस्था मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी)ले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमले नगर ५० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरीजले १० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले समान ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी बेष्ट क्याच र बेष्ट सिक्सेसले दुई हजार ५ सय रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा भारतका दुई टिमसहित १६ टिम सहभागी छन् । प्रतियोगिता वैशाख १८ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ५ : ४७ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार