२४ बैशाख २०८१, सोमबार | May 6, 2024

अन्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्ड कप फुटबल प्रतियोगिता २०७८ : उपाधिका लागि गोर्खा व्याइज र अफ्रिकन रुट भिड्ने



बुटवल । भोजपुरमा जारी अन्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्ड कप फुटबल प्रतियोगीता २०७८ मा रुपन्देहीको गोर्खा व्याइज एफसी विजयी हुदै उपाधि दाबेदारी पेश गरेको छ ।

शुक्रबार भएको दोस्रो सेमीफाइनल खेलमा आयोजक भोजपुर एफसीलाई ट्राईबेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि दाबेदारी गरेको हो । उपाधिका लागि शनिबार गोर्खा व्याइजले अफ्रिकन रुट एसोसियन क्यामरुनसंग फाईनलमा प्रतिस्प्रर्धा गर्नेछ ।

निक्कै प्रतिस्प्रर्धात्मक खेलको निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेलमा समय थप गरिएको थियो थपिएको समयको दोस्रो मिनेटमा आयोजक भोजपुरका बिकाश राईले गोल गरेर अग्रता लिएपछि गोर्खा ब्याइज क्लब शक्ति राईले खेललाई बराबरीमा ल्याए ।

ट्राइबेकरमा गोर्खा व्याइज क्लब रुपन्देहीका गौरब श्रेष्ठ, फोफोना, शक्ति राई र मनोज श्रेष्ठले गोल गरेका थिए भने आयोजक भोजपुरका निशान लिम्बु र हेमन्त थापा मगरले गोल गरे भने बिजय भुजेल र शुसान्त तामाड्गको गोल रोकिदिएका थिए ।

गोर्खा व्याइज क्लब रुपन्देहीका पेपे म्यान अफ द म्याच घोषित हुदै नगद ३ हजार ५ सय तथा मेडलबाट पुरस्कृत भए । उनलाई भोजपुर नगरपालिकाका नगरप्रमुख कैलाश कुमार आलेले पुरस्कार वितरण गरेका थिए ।

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : ५६ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र