१२ माघ २०८२, सोमबार | January 26, 2026

त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेपालले उचाल्यो



काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार टियु क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डलाई १४२ रनले हराउँदै उपाधि हात पारेको हो ।

टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड १७.२ ओभरमा पुरै विकेट गुमाएर ९६ रनमै समेटियो ।

नेदरल्याण्डका लागि म्याक्स ओडाडउडले २० रन जोडे । टाविस भिसा २ रनमै आउट भए । बिन कपुरले ७, बास डे लिडाले १, स्कट इड्वार्डले ५ रन जोडे । यस्तै, एन्टोन्युस स्टाल शून्यमै आउट भए । पिटार सेलारले १३, सेबस्टियान ब्राटले २६, पल भ्यान मिकिरनले ५, फिलिपे बोइसरिनले ७ र भिभिन किंगमाले ४ रन जोडे ।

नेपालका लागि करन केसीले तीन विकेट लिए । कमलसिंह ऐरी र सन्दीप लामिछाने समान दुई दुई विकेट लिए । अविनाश बोहराले एक विकेट लिए । यसअघि ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रनको योगदान गरे । उनको यो सिरिजमा चौथो अर्धशतक हो । कुशल मलले पनि अर्धशतक प्रहार गरे । उनले ५० रन जोडे । अर्का ओपनर आसिफ शेखले भने १६ रनमै आउट भए । कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन बनाए । दिपेन्द्रसिंह ऐरीले ४८ रन बनाए ।

नेदरल्याण्डका लागि फिलिपे बोइसरिनले दुई विकेट लिए । सेबस्टियान ब्राटले एक विकेट लिए ।

टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालको यो अहिलेसम्मकै ठूलो योगफल हो । नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ४ : ४० बजे

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा । झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना

वीरगञ्जनाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा

मनाङमा प्रत्यक्षतर्फ तीन चिन्हमा मतदान हुने

मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली

निर्वाचन आउन ३८ दिन बाँकी : संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा