२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेपालले उचाल्यो



काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार टियु क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डलाई १४२ रनले हराउँदै उपाधि हात पारेको हो ।

टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड १७.२ ओभरमा पुरै विकेट गुमाएर ९६ रनमै समेटियो ।

नेदरल्याण्डका लागि म्याक्स ओडाडउडले २० रन जोडे । टाविस भिसा २ रनमै आउट भए । बिन कपुरले ७, बास डे लिडाले १, स्कट इड्वार्डले ५ रन जोडे । यस्तै, एन्टोन्युस स्टाल शून्यमै आउट भए । पिटार सेलारले १३, सेबस्टियान ब्राटले २६, पल भ्यान मिकिरनले ५, फिलिपे बोइसरिनले ७ र भिभिन किंगमाले ४ रन जोडे ।

नेपालका लागि करन केसीले तीन विकेट लिए । कमलसिंह ऐरी र सन्दीप लामिछाने समान दुई दुई विकेट लिए । अविनाश बोहराले एक विकेट लिए । यसअघि ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रनको योगदान गरे । उनको यो सिरिजमा चौथो अर्धशतक हो । कुशल मलले पनि अर्धशतक प्रहार गरे । उनले ५० रन जोडे । अर्का ओपनर आसिफ शेखले भने १६ रनमै आउट भए । कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन बनाए । दिपेन्द्रसिंह ऐरीले ४८ रन बनाए ।

नेदरल्याण्डका लागि फिलिपे बोइसरिनले दुई विकेट लिए । सेबस्टियान ब्राटले एक विकेट लिए ।

टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालको यो अहिलेसम्मकै ठूलो योगफल हो । नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ४ : ४० बजे

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

म्याग्दी । प्रशासनिक कामले यसै हप्ता जिल्ला सदरमुकाम बेनी आएकी

तन सहरमा, मन गाउँ विकासमा : बुटवल-रामपुर जोड्दै सामाजिक अभियान

बुटवल । रुपन्देही-“जहाँ रहे पनि जन्मभूमिको माया र समुन्नतिका लागि

आजको मौसम : लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौंलगायत विभिन्न सहरबाट विस्थापित

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषद्को बैठक