२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

आइपिएल २०२१ : ६ विकेटले कोलकातालाई पराजित गर्दै राजस्थान छैटौँ स्थानमा



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा राजस्थान रोयल्स ६ विकेटले विजयी भएको छ । शनिबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइट राइडर्सलाई विकेटले पराजित गर्दै छैटौँ स्थानमा उक्लिएको हो ।

कोलकाताले दिएको १ सय ३४ रनको मध्यम लक्ष्य राजस्थानले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । राजस्थानको जितमा सञ्जु सामसनले अविजित ४२ रनको योगदान दिए । यस्तै, यजश्वी जैसवाल र शिभम् दुबेले समान २२-२२ तथा डेविड मिलारले २४ रनको नटआउट पारी खेले ।

मुम्बइस्थित वानखेडे स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको कोलकाताले ९ विकेटको क्षतिमा १ सय ३३ रन मात्र बनाउन सक्यो । कोलकाताका राहुल त्रिपाठीले ३६, दिनेश कार्तिकले २५, नितिश रानाले २२, शुभमन गिलले ११ तथा प्याट कमिन्सले १० रन बनाए ।

राजस्थानका क्रिस मोरिसले ४, मुस्ताफिजुर रहमान, चेतन सकरिया र जयदेव उनादकतले समान १-१ विकेट लिए । जितसँगै पुछारमा रहेको राजस्थान छैटौँ स्थानमा उक्लिएको छ भने पराजित कोलकाता पुछारमा पुगेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ६ : २६ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री