२० बैशाख २०८१, बिहिबार | May 2, 2024

अन्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबलको गोर्खा व्याइजलाई उपाधि



बुटवल । नया वर्षको शुरुवातमै रुपन्देहीको गोर्खा व्याइज एफसीले सिजनको पहिलो उपाधि आफनो नाममा लेखाउन सफल भएको छ ।

शनिबार सम्पन्न अन्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्ड कप फुटबल प्रतियोगिता २०७८ को उपाधि रुपन्देहीको गोर्खा ब्याइज एफसीले चुमेको हो ।

फाईनल खेलमा अफ्रिकन रुट एसोसियन क्यामरुनलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसंगै गोर्खा व्याइज नगद ५ लाख, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

उपविजेता अफ्रिकन रुट एसोसियन क्यामरुन नगद ३ लाख, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । भोजपुरस्थित टुडिखेलमा भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलको थप गरिएको समयमा गोर्खा ब्याइजका पेपेले विजयी गोल गरे ।

प्रतियोगिता उनि प्लेयर अफ दी टुनामेन्ट घोषित हुदै पुरस्कृत भए । फाईनल खेलमा गोर्खा ब्याईजका गौरब श्रेष्ठ म्यान अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि गोर्खा व्याइजकै मनोज श्रेष्ठ बेष्ट डिफेन्ट, अरुण लामा बेष्ट गोलकिपर, दयाराम सापकोटा बेष्ट कोचबाट पुरस्कृत भए ।

अफ्रिकन रुटका एन रोनाल्डो बेष्ट मिड फिल्डर घोषित हुदै पुरस्कृत भए । प्रतियोगिताको विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई भोजपुर नगरपालिकाका नगरप्रमुख कैलाश कुमार आलेले पुरस्कृत बितरण गरेका थिए ।

भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा ८ टिमले भाग लिएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ७ : ०४ बजे

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध

आजको मौसम : देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन