२९ चैत्र २०८२, आइतबार | April 12, 2026

कोरोना विरुद्धको लडाईंमा भारतलाई मेडिकल उपकरण सहयोग गर्ने पाकिस्तानको प्रस्ताव



पाकिस्तानले भारतमा बढ्दै गएको कोरोना महामारी नियन्त्रणका लागि सहयोगको प्रस्ताव गरेको छ ।

पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरैसीले विज्ञप्ति जारी गर्दै कोरोना महामारी विरुद्ध संघर्षरत भारतलाई भेन्टिलेटर, डिजिटल एक्सरे मेशिन, बीएपीएपी, पीपीई लगायत अन्य सम्बन्धित मेडिकल उपकरण सहयाता गर्ने प्रस्ताव गरेको छ । विदेशमन्त्री कुरैशीले आफुहरुले मानवता प्रथम नीतिलाई सधैं विश्वास गर्ने जनाएका छन् ।

पाकिस्तानी प्रस्तावबारे भारतले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । भारतमा कोरोना महामारीको दोस्रो लहरले विकराल रुप लिएको छ । दैनिक ३ लाख ५० हजार भन्दा बढी भारतीयमा कोरोना संक्रमण फैलिएको छ भने २७ सय भन्दा बढी व्यक्तिको दैनिक मृत्यु भएको छ । राजधानी दिल्ली लगायत देशका कैयौं शहरका अस्पतालमा अक्सिजनको चरम अभाव देखिएको छ । अक्सिजन नपाएकै कारण बाँच्नसक्ने कैयौं व्यक्तिको अकालमै मृत्यु भएको छ ।

यसैबीच पाकिस्तानी प्रधानमन्त्री इमरान खानले महामारी विरुद्धको लडाईंमा भारतीय जनाताका साथ साथ एक्यवद्धता जनाएका छन् । ट्वीटमार्फत खानले भारत एवं विश्वभर महामारीबाट पीडित सबै व्यक्तिको शिघ्र स्वास्थ्यलाभको प्राथना समेत गरेका छन् । उनले विश्वव्यापी चुनौती बनेको महामारी विरुद्ध लड्न एकजुट हुनुपर्ने आवश्यकतामा पनि जोड दिएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ८ : २३ बजे

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ

अम्पायरबारे टिप्पणीपछि करण केसी एक खेलका लागि निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी