२४ बैशाख २०८१, सोमबार | May 7, 2024

आइपिएल २०२१ : बैंगलोरको पहिलो हार, चेन्नइसँग ६९ रनले पराजित



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बैंगलोरले पहिलो हार व्यहोरेको छ ।

मुम्बईमा आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर चेन्नइ सुपर किंग्ससँग ६९ रनले पराजित भएको हो । जारी सिजन चौंथो जित निकालेको चेन्नइ तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ ।

चेन्नइले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो । बैंगलोरका लागि देबदुत पडिकलले सर्वाधिक ३४ रन बनाए ।

ग्लेन म्याक्सवेलले २२ रन जोड्दा केली जेमिसनले १६ रन बनाए । मोहमद सिराज १२ रनमा अविजित रहे । कप्तान विराट कोहली ८ रनमा आउट भए । चेन्नइका रविन्द्र जडेजाले ३ तथा इमरान ताहिरले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नइले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । चेन्नइका लागि रविन्द्र जडेजाले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै फाप डु प्लेसिसले ५० रनको इनिङ्स खेल्दा रुतुराजले ३३ रन बनाए ।

सुरेश रैनाले २४ रन जोडे । बैंगलोरका हर्सल पटेलले ३ विकेट लिए । जितसँगै शीर्ष स्थानमा पुगेको चेन्नइको ५ खेलमा ८ अंक छ । ५ खेलमा समान ८ अंक जोडेर पनि बैंगलोर रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ६ : ३१ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,