११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

अदालतको आदेश समेत कार्यान्यन गर्न नसक्ने लाचार सैनामैना नगरपालिका



बुटवल । सार्वजनिक बाटोको जग्गामा बर्षौ देखि घर बनेर ठडीएका छन्, व्याक्तिको जग्गामा नगरपालिकाले सडक विस्तार गरिरहेको छ । आफ्नो अतिक्रमित जग्गा हटाउन नसक्ने सैनामैना नगरपालिकाले उल्टै व्यक्तिगत लाल पुर्जावाला जग्गामा बाटो विस्तारको काम गरेको छ ।

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नम्बर ४ सिसौडाँडामा रहेको सार्वजनिक बाटो किं.नं २३२ लाई अतिक्रमण गरि भौतिक संरचना निर्माण भएको बर्षौ भएको छ । तर नगरपालिकाले नापी विभागबाट नक्सा जारी भएको सार्वजनिक बाटो भन्दा पनि केही मिटर अर्को स्थानमा बाटो बिस्तारको काम गरेको हो ।

जसलाई अदालतले समेत व्यक्तिको जग्गा भएको कारण यसलाई कार्यान्वयन नर्गन समेत आदेश दिएको छ । २०७६/६/२५ गते आदेश जारी गरेको छ । उच्च अदालत तुलसीपुर बुटवल ईजालासका न्याधिष दिपेन्द्र वहादुर बमको एकल ईजलासले उक्त आदेश गरेको छ ।
आदेशमा व्याक्तिगत जग्गामा सडक निर्माण गर्न नहुने र साविक बाटोमा नक्सा देखिएको स्थानबाट नै बोटो निर्माण गर्नुपर्ने भन्दै आदेश कार्यान्वनको लागि आदेश दिएको छ ।

निर्माण विस्तार गर्ने बाटो रेखाङन कार्य गरिदा साविकको नापी नक्सामा रहेको बाटो अतिक्रमण गरिएकोले व्यक्तिको जग्गाबाटा बाटो विस्तार गर्ने कार्य गरिएको अवस्थामा जग्गाधनिले साविक नक्साको केन्द्रविन्दुलाई आधार मानि बाटो विस्तार गर्नुपर्ने रीटसहित उच्च अदालत तुलसीपुर बुटवल इजालसमा निवेदन दर्ता गराएका थिए ।

हाल कि.नं. २३२ को सार्वजनिक बाटो कि.नं.१७७०, कि.नं. ५१५, कि.नं. १३६९, कि.नं. १३७०, कि.नं. १०६७ र कि.नं. ७४० का जग्गाधनिहरुले अतिक्रमण गरि भौतिक संरचना निर्माण गरेका छन् । बाटोको जग्गामा तुलसा बस्याल, डीलबहादुर खत्री, लालबहादुर रावल, पदमलाल श्रेष्ठ लगायतले भौतिक संरचना निर्माण गरेका छन् ।

मुर्गिया–सिसौडाडाको सडक बाटो विस्तार र पक्की बाटो निर्माण अघि बढाएको अवस्थामा सडक बाटो विस्तार गर्दा साविकको नक्सामा कायम रहेको बाटोको केन्द्र विन्दुदेखि दायाँ बायाँ बाटो सिमा निश्चित गरी स्थानिय सरकार संचालन ऐन, २०७४ को दफा बमोजिम काम कर्तव्य सैनामैना नगरपालिकाको हो ।

साविकदेखि कायम रहि आएको सर्वे नापी नक्सामा रहेको कि.नं. २३२ को बाटोलाई आधार विन्दु मानी सो कि.नं. २३२ को जग्गालाई सडक बाटो कायम गरी विस्तार गर्नुपर्नेमा सिमा नतोकि कि.नं. ३३६ र कि.नं. २४९५ मा सबै ३० फुटे बाटो विस्तारको नापी रेखाङ्कन समेत गरि अहिले बाटो निर्माणाधीन अवस्थामा छ ।

यसरी बाटोको नक्सा एकातिर तर बाटो विस्तार एकातिर भएपछि पीडित कृष्णबहादुर थापा दिएको अदाली मुद्धा अनुसार फैसाला गर्दै साविक नक्सामा बाटो भएको अनुसार कार्यानव्ययन गर्नको लागिग आदलतले स्थानिय तह सैनामैना नगरपालिकालाई आदेश समेत दिएको छ ।

‘अदालतले बाटो विस्तार गर्दा ३३६ र २४९५ को जग्गामा बाटो पर्ने गरि बाटो विस्तार निर्माण कार्य नगर्नु नगराउनु भनी आदेश जारी गरेको हो ।
वडा नम्बर ४ का वडा अध्यक्ष धन बहादुर कार्कीले हालको बाटो व्याक्तिको लालपुर्जावाला जग्गामा गनै रहेको कुरा बताउनुभयो । उहाले नाप जाँचा अहिले अहिले बाटो विस्तार गरिएको जग्गा व्याक्तिको नाममा पर्ने कुरा प्रमाणीत समेत भैसकेको बताउनुभयो ।

उहाले भन्नुभयो–‘जग्गा धनीले नीजि जग्गामा बाटो परेको भनेर मुद्धा हाल्नुभयो, अदालतलेपनि सदर गरेको छ, हामीले यसलाई कर्यान्यवन गर्ने क्रममा छौ । ’यस विषयमा पटक पटक स्थानिय रुपमा छलफल भएको भएपनि अहिले यो कुरा नगरपालिकामा पुगेको र मेयर संग विस्तृत कुराकानी भएको उहाले बताउनुभयो । यस विषयमा पिडीतहाल नीजि जग्गामा बाटो भएकाले अदालतमा मुद्धा हालेपछि बाटो लालपुर्जा भएकै प्रमाणीत भएको र अमिन आएर नाप्दा व्याक्तिको नाममा देखिएको वडा अध्यक्षले कार्कीले जानकारी दिनुभयो ।

रोचक कुरा के छ भने सैनामैना नगरपालिकाले साविक नक्सामा भएको बाटो भन्दा छाडेर करिव ४ कठ्ठा जग्गा भन्दा यता नै बाटो रेखांकन गरी बाटो विस्तार गरिरहेको छ । अदालतको आदेश पछि बाटो निर्माण कार्य रोकीएको छ भने नीजि जग्गामा बाटो परेको भन्दै धनीले बाटोमा छेकावार(पिल्लर) समेत उठाएका छन् ।

तस्वीर : व्याक्तिगत जग्गामा विस्तार भैरहेको बाटो रोक्नको लागि कृष्ण बहादुरा थापाले लगाएको छेकबार । जुन बाटो उहाको व्याक्तिगत पुर्जाभएको बाटोमा पर्ने गरी अदालतले फैसाला गरेको छ ।

अदालतले गरेको फैसाला

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १२ : २३ बजे

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण

काठमाडौं । हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज पेस हुँदै

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौं । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)