२ पुस २०८२, बुधबार | December 18, 2025

कोरोनाको संक्रमणबाट संसारभर ४ हजार भन्दा धेरैको मृत्यु !



एजेन्सी । कोभिड–१९ सङ्क्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको फ्रान्सेली समाचार संस्था एएफपीले मङ्गलबार जनाएको छ ।

यस भाइरसबाट एक लाख १४ हजार ४५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये ६४ हजार १२० जना निको भएर घर फर्किएका छन् ।

यस भाइरस सङ्क्रमणका कारण विश्वभरी चार हजार २७ व्यक्तिको मृत्यु भएको मङ्गलबार प्राप्त समाचारमा जनाइएको छ ।

बङ्गलादेश, अल्बानिया र पाराग्वेमा तीन नयाँ देशमा कोभिड–१९ का सङ्क्रमण देखिएपछि विश्वव्यापी स्वास्थ्य चुनौतीको चिन्ता बनेको कोरोना भाइरस संसार ११० देशमा फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

गत वर्षको अन्त्यबाट यस भाइरसको सङ्क्रमण शुरु भएको चीनको हुबेई प्रान्त वुहानमा एकै दिनमा १७ व्यक्तिको मृत्यु भएपछि चीनभरी यस रोगबाट मृत्यु भएपछि तीन हजार १३६ पुगेको जनाइएको छ ।

एक दिनमा मारिएका १७ मध्ये १६ जना हुबेईको प्रान्तीय राजधानी वुहानका रहेका जनाइएको छ ।

चीनमा कोरोना भाइरस सङ्क्रमणको कारण जनवरीको अन्त्यदेखि हालसम्म एकै दिनमा मृत्यु भएको यो सबैभन्दा कम सङ्ख्या भएको पनि समाचारमा जनाइएको छ ।

गत २४ घण्टा यी तीन देशमा कोरोना भाइरस सङ्क्रमण फैलिएको डब्लुएचओले सोमबार प्रकाशित एक विज्ञप्तिमा जनाएको छ ।

गत २४ घण्टामा विश्वभरी तीन हजार ९९३ मा यस भाइरसको थप सङ्क्रमण देखिएको डब्लुएचओले जानकारी दिएको हो ।

इटालीमा यस भाइरसको सङ्क्रमणपछि मृत्यु हुने व्यक्तिको सङ्ख्या ४६३ पुगेको जनाइएको छ ।

त्यसैगरी दक्षिण कोरियामा सात हजार ५१३ जना सङ्क्रमित रहेका र ५४ जनाको मृत्यु भएको जनाइएको छ ।

यसैबीच प्राप्त समाचार अनुसार इरानमा सात हजार १६१ जना सङ्क्रमित रहेका र २३७ व्यक्तिको मृत्यु भएको मङ्गलबार प्राप्त समाचारमा जनाइएको छ ।

विश्वका विभिन्न तथ्याङ्कबारे जानकारी राख्ने वेभसाइट वल्डोमिटरका अनुसार कोरोना भाइरसको सङ्क्रमणपछि उपचार गराएर घर फर्किनेको सङ्ख्या ९४ प्रतिशत रहेको छ ।

घातक कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या भारतमा ४७ पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

मङ्गलबारसम्म ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको एएनआईले जनाएको छ ।

उनीहरुमध्ये केरलाका तीन जनालाई पूर्ण उपचारपछि अस्पतालबाट फिर्ता गरिएको पनि सरकारी अधिकारीहरुले बताएका छन् ।

उता जर्मनीमा भने सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । रोबर्ट कोच इन्स्टिच्यूटले सोमबारसम्ममा एक हजार ११२ जना सङ्क्रमित भएको जनाएको छ ।

यसैबीच माल्दिभ्समा कोरोनाका कारण चुनावी कार्यक्रम स्थगित गरिएका छन् । बेलायतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ३१९ पुगेको बेलायतका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

आसन्न स्थानीय निकाय र महिला विकास समितिको निर्वाचनका लागि भइरहेको कार्यक्रमहरु स्थगित गरिएको अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार माल्दिभ्समा अहिलेसम्म दुई जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।

जापानमा भने मृत्यु हुनेहरूको सङ्ख्या सोमबारसम्म १६ पुगेको छ । सङ्क्रमितको सङ्ख्या ५०५ पुगेको छ ।

स्थानीय समयअनुसार सोमबार बेलुका ८ः३० बजेसम्ममा थप १० जना बिरामी भेटिएका छन् । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले टोकियोमा ७६ र ओशाकामा ५५ जना बिरामी रहेको जनाएका छन् ।

त्यसैगरी बेल्जियममा सङ्क्रमितको सङ्ख्या २३९ पुगेको छ भने हङ्कङमा ११५, प्यालेस्टाइनमा २५, मलेसियामा ११७, कुवेतमा ६५ र इन्डोननेसियामा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।

कोरियामा रहेका आठ जना अमेरिकी सैनिकलाई पनि कोरोनाको सङ्क्रमण भएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ५ : ४३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल