१ पुस २०८२, मंगलबार | December 17, 2025

प्रदेश सरकार विरुद्धको अविश्वासको प्रस्तावको पक्षमा नै छु : सांसद खेम विक्रम शाही



पोखरा । गण्डकी प्रदेशसभामा प्रदेश सरकारको विपक्षमा परेको अविश्वासको प्रस्तावको एजेण्डामा मतदान गर्ने बेलामा बेपत्ता भएका राष्ट्रिय जनमोर्चाकातर्फबाट गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीले आफू पार्टी निर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन्।

अस्पतालको आईसीयूबाटै बिहीबार वक्तव्य जारी गर्दै आफू पार्टी निर्णयप्रति प्रतिवद्ध रहेको बताएका हुन्। संसद बैठकका दिन आफू एक्कासी बेहोस भएकोले बैठकमा आउन नसकेको उनको वक्तव्यमा बताएका छन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा छलफल तथा मतदानको कार्यसुची भएको समयमा उनी पार्टी र संसदलाई समेत जानकारी नदिई अनुपस्थित भएका थिए।

‘पार्टी निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ति निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णयप्रति प्रतिवद्धता कायमै छ ।’ शाहीले वक्तव्यमा भनेका छन् । ‘म सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक विरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पतालमा लैजाने क्रममा म बेहोस भएछु। म अहिले उपचाररत छु। हाल मेरो स्वास्थ्यमा क्रमित सुधार आएको महशुस गरेको छु।’

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

संसद मतदानको प्रक्रियामा जानुअघि सांसद शाही बेपत्ता भएपछि जनमोर्चाकै संसदीय दलको आग्रहमा प्रदेशसभा अनिश्चितकालका लागि स्थगित भएको छ । शाही प्रदेश सभा बैठकमा अनुपस्थित भएपछि राजमोकी सचेतक पियारी थापाले उनको अवस्था सार्वजनिक नभएसम्म सदनको कारवाही रोक्न माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दर्ता गरेकी थिइन्।

उक्त प्रस्तावमा राजमोको केन्द्रबाटै समर्थन भएको धारणा आईसकेको छ। ३ जना सांसद रहेको राजमो अविश्वास प्रस्तावको निर्णायक हो।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ३ : ४८ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष