२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

जसपाबाट प्रदेशमन्त्री बनेका लुम्बिनीका चार सांसद पदमुक्त



बुटवल । लुम्बिनी प्रदेशमा निर्वाचित जनता समाजवादी पार्टीका चार सांसद पदमुक्त भएका छन् ।

पार्टीको निर्देशन विपरित मन्त्री बनेको जसपाका चार सांसद पदमुक्त भएपछि प्रदेश समीकरणमा पुनः रोचक मोडमा पुगेको छ ।

मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता जसपाका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । अविश्वास प्रस्ताव दर्तासँगै प्रदेशसभाको विशेष अधिवेशन आह्वानसमेत भएको छ । यही वैशाख १९ गते विशेष अधिवेशन बस्दैछ ।

लुम्बिनी प्रदेशसभा सचिवालयले बिहीबार जसपाबाट मन्त्री बनेका चार जनालाई पदमुक्त गरेको सूचना प्रकाशित गरेको छ । सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रदेशसभाले प्रकाशित गरेको हो ।

सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१) बाट प्रत्यक्ष निर्वाचित हुन् भने सुमन र कल्पना समानुपातिक सांसद हुन् । उनीहरु चारै जना हाल लुम्बिनी प्रदेश सरकारमा मन्त्री छन् ।

यही वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गरेका जसपाका सांसदहरु दुईघण्टा भित्रै मन्त्री पद पाएपछि तत्कालै सरकारमा सहभागी भएर मन्त्री बनेका थिए । त्यसपछि जसपा संसदीयल दलका नेताले उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन चेतावनी दिएका थिए । सरकारमा सहभागि भएको विषयमा जसपाभित्र विवाद बढेको थियो । जसपाभित्र कार्यकारिणी समिति बैठकमार्फत उनीहरुमाथि कारवाही गर्न अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईले माग गर्दैआएका थिए । तर ठाकुर पक्षले भने त्यसलाई अस्वीकार गर्दै आएको छ ।

जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा ९५० बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको सूचना जसपा लुम्बिनी प्रदेश संसदीय दलले दिएको तर प्रदेशसभा सचिवालयको सूचनामा उल्लेख गरिएको छ ।

 

 

 

 

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ६ : ५८ बजे

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार

काठमाडौं । सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु

रास्वपाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी हिनामिना प्रकरणमा

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, काठमाडौं ल्याइदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन्

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीहरूलाई

दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना, सरोकारवालाले छलफल गर्दै

काठमाडौं । दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ