२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

आइपिएल २०२१ : ७ विकेटले कोलकातालाई पराजित गर्दै दिल्ली दोस्रो स्थानमा उक्लियो



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

बिहीबार भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो ।

१ सय ५५ रनको लक्ष्य पाएको दिल्लीले १६.३ ओभरमा पूरा गर्दै ७ विकेटको जित हासिल गरेको छ  ।

दिल्लीको जितमा पृथ्वी शाँ र शिखर धवनले पहिलो विकेटका लागि १ सय ३२ रनको शतकीय साझेदारी गरे । शाँले ४१ बलमा ३ छक्का र ११ चौकाको मद्धतमा ८२ रन बनाए भने धवनले ४६ रन जोडे ।

यस्तै, कप्तान रिषभ पन्तले १६ तथा मर्कूस स्टोइनिसले ६ रनको योगदान दिए । यसअघि, अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङमा उत्रिएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो ।

कोलकाताका आन्द्र रसेलले नटआउट ४५ रन बनाए । यस्तै, शुभमन गिलले ४३, राहुल त्रिपाठीले १९, नितिश रानाले १५, दिनेश कार्तिकले १४ तथा प्याट कमिन्सले अविजित ११ रन जोडे ।

दिल्लीका अक्षर पटेल र ललित यादवले समान २-२ तथा अवेश खान र मर्कूस स्टोइनिसले एक-एक विकेट हात पारे ।

जितसँगै दिल्ली तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीले चेन्नइ र बैंगलोरभन्दा एक खेल बढी खेलेको छ । सबैको १० अंक छ । रनरेटको आधारमा चेन्नइ पहिलो, दिल्ली दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ६ : ३६ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री